नोकरी दिलाउने नाममा धोकाधड़ी एवं डर-धम्की देखाएको आरोपमा तृणमूल नेता शेख वसुल पक्राउ
नोकरी दिलाउने नाममा धोकाधड़ी एवं डर-धम्की देखाएको आरोपमा तृणमूल नेता शेख वसुल पक्राउ


आसनसोल, 22 मई (हि. स.)। पश्चिम बङगालमा ममता ब्यानर्जीको शासन कालमा धम्की तथा वित्तीय अनियमितताहरूको आरोपी तृणमूल कङ्ग्रेसका नेताहरूमाथि भइरहेको कारबाही अन्तर्गत आसनसोल-दुर्गापुर पुलिस आयुक्तालयमा पुलिसले शुक्रवार दुर्गापुरबाट एकजना ट्रेड यूनियन नेतालाई पक्राउ गऱ्यो। आरोपीको पहिचान दुर्गापुर-फरिदपुर क्षेत्रमा आईएनटीटीयूसीका अध्यक्ष औ पश्चिम बर्दवान जिल्लान्तर्गत रङ्गमती निवासी शेख वसुलको रूपमा भएको छ।

जिल्ला पुलिस अनुसार पछिल्लो लामो समयदेखि तिनीविरूद्ध धेरै वटा सिकायतहरू दर्ता गरिएको थियो। तृणमूल कङ्ग्रेससित तिनको सम्बन्ध रहेको कारणले पुलिसले तिनीविरूद्ध कुनै कारबाही गरेको थिएन। तिनीमाथि नोकरी दिलाउने नाममा मानिसहरूबाट पैसा सङ्ग्रह गरेको, स्थानीय मानिसहरूलाई डर-धम्की देखाएको तछा क्षेत्रमा भयको माहोल उत्पन्न गरेको आरोप लगाइएको थियो।

पुलिसको दाबी छ, आरोपी हालैमा सम्पन्न पश्चिम बङ्गाल विधानसभा चुनाउपूर्व मतदाताहरूलाई प्रभावित पार्ने प्रयास गरेको आरोप पनि लगाइएको थियो जसबाट क्षेत्रमा तनाउ उत्पन्न भएको थियो। केही निवासीहरूले चुनाउपूर्व तिनीविरूद्ध थानामा सिकायत दर्ता गराएका थिए। सोही सिकायतको आधारमा कारबाही गर्दै दुर्गापुर-फरिदपुर पुलिसले शुक्रवार बिहान छापा मारेर तिनलाई लाउदोहा क्षेत्रबाट पक्राउ गऱ्यो। तुनलाई शुक्रवार दुर्गापुर अनुमण्डल अदालतमा पेश गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande