सोना पप्पू मामिलामा कोलकाता पुलिसका तीन वटा ठेगानामा ईडीको छापा
सोना पप्पू मामिलामा कोलकाता पुलिसका तीन वटा ठेगानामा ईडीको छापा


कोलकाता, 22 मई (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले जमीन कब्जा, अवैध लेनदेन औ धम्कीका आरोपहरूसित सम्बन्धित सोना पप्पू मामिलामा शुक्रवार बिहान कोलकाताका विभिन्न क्षेत्रहरूमा एकैसाथ छापामारीको कारबाही शुरू गरेको छ। जाँच एजेन्सीले पार्क स्ट्रीट, चक्रबेड़िया एवं कसबा समेत न्यूनतम पनि तीन वटा स्थानहरूमा खोजी अभियान सञ्चालन गऱ्यो जसमा केन्द्रिय बलका जवानहरू पनि ईडीको साथमा उपस्थित थिए।

सूत्र अनुसार व्यवसायी विश्वजीत पोद्दार उपनाम सोना पप्पूसित जाँचबुझ गर्दा अवैध लेनदेन औ जमीन व्यापारसित जोड़िएका केही महत्वपूर्ण प्रमाणहरू ईडीको हातमा परेको छ। यसै प्रमाणहरूको आधारमा शुक्रवार यो कारबाही गरिएको हो।

ईडी अधिकारीहरूले पार्क स्ट्रीटस्थित एक क्याफेटेरिया सह-होटलमा दस्तावेजहरूको जाँच गरे। जाँचकर्ताहरूले यो पत्तो लगाउने प्रयास गरिरहेका छन् कि सोना पप्पू मामिलासित सम्बन्धित अवैध आर्थिक लेनदेनको यस प्रतिष्ठानसित कुनै सम्बन्ध छ कि छैन।

यस अतिरिक्त चक्रबेड़ियास्थित एक आवासीय परिसरमा पनि ईडीको टीम पुगेको छ। सूत्र मुताविक जाँच एजेन्सीलाई एकजना व्यापारी तथा सोना पप्पूबीच निकटवर्ती सम्बन्ध रहेको सङ्केत प्राप्त भएको छ। यसैको आधारमा त्यहाँ पनि खोजी गरिँदैछ। कसबा क्षेत्रमा कोलकाता पुलिसका एकजना सब इन्स्पेक्टरको घरमा पनि ईडीले छापा माऱ्यो।

जाँच एजेन्सीको सूत्रले दाबी गरेको छ, उक्त अधिकारीको सम्बन्ध पहिला नै पक्रा परिसकेका कोलकाता पुलिसका पूर्व डीसीपी शान्तनु सिन्हा विश्वाससित रहिआएको छ। ईडीले पहिला नै शान्तनु सिन्हा विश्वासलाई पक्राउ गरिसकेको छ।

हाल तीनै स्थानमा खोजी अभियान यथावत छ। तथापि अहिलेसम्म कुनै नयाँ पक्राउ वा दस्तावेज जफत गरिएको आधिकारिक पुष्टि भएको छैन।

पर तलाशी अभियान जारी है। हालांकि अभी तक किसी नई गिरफ्तारी या दस्तावेज जब्त किए जाने की आधिकारिक पुष्टि नहीं हुई है।

उल्लेखनीय छ, बेहालाका रियल एस्टेट कारोबारी जय कामदार औ पूर्व पुलिस अधिकारी शान्तनु सिन्हा विश्वाससित मिलेर कथित जमीन सिण्डिकेट सञ्चालन गरेको आरोपमा ईडीले दक्षिण कोलकाताका कारोबारी सोना पप्पूलाई पक्राउ गरेको थियो। जाँंच एजेन्सीले आरोप लगाएको छ, तिनले मानिसहरूलाई डर देखाएर थोरै मूल्यमा जमीन खरिद गर्दथे। तिनीविरूद्ध जाली दस्तावेजको माध्यमबाट जमीन कब्जा गरेको तथा अवैध निर्माण गरेको आरोप समेत लागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande