घूसखोरी एसीएस अदिकारीको घरबाट नगद र सुनका गहनाहरूको भण्डारै जफत गरियो
घूसखोरी एसीएस अदिकारीको घरबाट नगद र सुनका गहनाहरूको भण्डारै जफत गरियो


गुवाहाटी, 22 मई (हि.स.)। घूस लिँदै गर्दा घटनास्थलबाटै पक्राउ गरिएका एसीएस अधिकारी लाचित दासको आवासमा परिचालित छापामारी अभियानमा प्रचुर मात्रामा नगद रुपियाँ सहित सुनका गहनाहरू जफत गरिएको छ। सतर्कता एवं भ्रष्टाचार निरोधक निदेशालयद्वारा गए अबेर रातीसम्म परिचालित सो अभियानमा लगभग 50 लाख रुपियाँ नगद र 5 सय ग्रामभन्दा अधिक सुनका आभूषणहरू जफत भएको जानकारी सार्वजनिक भएको छ।

लाचित दास भूमि अभिलेख निदेशालयमा अतिरिक्त भूमि अभिलेख अधिकारीको पदमा कार्यरत थिए। उनलाई गए बिहीवार 45 हजार रुपियाँको घूस लिँदै गर्दा सतर्कता टीमले घटनास्थलबाटै पक्राउ गरेको थियो। सिकायत प्राप्त भएपछि सम्बन्धित अधिकारीहरूले धराप थापारे कारबाही शुरू गरेका थिए। तिनलाई पक्राउ गरिएपछि तिनको आवासमा व्यापक खोजी अभियान सञ्चालन गरियो जसमा प्रचुर मात्रामा नगद र बहुमूल्य गहनाहरू भेटिनाले मामिलाले अझ गम्भीर रूप लिएको छ। जाँच एजेन्सीले जफत गरिएको सम्पत्तिको श्रोत पत्तो लगाउन जाँचमा जुटेको छ। यस कारबाही पश्चात सरकारी विभागमा व्याप्त भ्रष्टाचारलाई लिएर फेरि एकपटक गम्भीर प्रश्न उठिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande