काङ्कसाको स्टील कारखानामा विस्फोट, चार जना श्रमिक घाइते
काङ्कसाको स्टील कारखानामा विस्फोट, चार जना श्रमिक घाइते


पश्चिम बर्धमान, 22 मई (हि. स.)। काङ्कसाको बामुनाड़ा औद्योगिक क्षेत्रस्थित एक निजी इस्पात कारखानामा शुक्रवार भएको विस्फोटमा चार जना ठेका श्रमिकहरू घाइते भए। सबै घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ।

श्रमिकहरू अनुसार कारखानाको एक फर्नेसमा अचानक तीव्र आवाजसितै विस्फोट भयो। त्यसबेला चार जना श्रमिकहरू त्यहाँ काम गरिरहेका थिए। विस्फोट भएपछि आगोका झिल्काहरू तथा तातो सामग्रीहरू उनीहरूमाथि झऱ्यो जसले गर्दा उनीहरू गम्भीर रूपमा जलेर घाइते भए।

कारखाना सूत्रले बतायो, सदा जस्तै केही ठेका श्रमिकहरूले फर्नेसको छेउमा काम गरिरहेका थिए, अचानक भयानक विस्फोट भयो। विस्फोटको आवाज सुन्नसाथ अन्य कर्मचारीहरू तथा सुरक्षा कर्मीहरू घटनास्थलमा पुगे अनि घाइते श्रमिकहरूलाई राजबाँधस्थित एक निजी अस्पतालमा भर्ती गराए।

हाल सबै घाइते श्रमिकहरू डाक्टरहरूको निगरानीमा छन्। घटनाको कारण पत्तो लगाउन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande