राजा राममोहन रायको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
राजा राममोहन रायको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 22 मई (हि. स.)। बङ्गालको पुनर्जागरणका पथप्रदर्शक राजा राममोहन रायलाई उनको जयन्तीमा तृणमूल कङ्ग्रेसकी प्रमुख ममता ब्यानर्जीले श्रद्धाञ्जली अर्पण गरिन्। उनले आफ्नो सोशल मीडिया फेसबुक पेजमा शुक्रवार लेखिन्, प्रसिद्ध समाज सुधारक राजा राममोहन रायलाई उनको जयन्तीमा कोटी-कोटी नमन।

उल्लेखनीय छ, राजा राममोहन रायको जन्म 1772 सालमा आजकै दिन हुगली जिल्लाको राधा नगर गाउँमा भएको थियो। राजा राम मोहन राय मूर्ति पूजा औ रूढ़िवादी हिन्दू परम्पराहरूको विरोधी थिए। उनी सबै प्रकारका सामाजिक धर्मोन्धता तथा अन्धविश्वासको विरोधी पनि थिए। तर उनका पिता रूढ़िवादी हिन्दू ब्राह्मण थिए। राजा राम मोहन रायले शिक्षा विशेष गरी स्त्री-शिक्षाको समर्थन गरे। उनले अङ्ग्रेजी, विज्ञान, पश्चिमी चिकित्सा एवं प्रौद्योगिकीको अध्ययनमाथि बल दिए। उनको मान्यता थियो, अङ्ग्रेजी शिक्षा पारम्परिक शिक्षा प्रणालीभन्दा श्रेष्ठ हो। उनले 1822 सालमा अङ्ग्रेसी शिक्षामाथि आधारित स्कूलको स्थापना पनि गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande