
इम्फाल, 22 मई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले उग्रवादीहरूविरूद्ध कारबाही गर्दै प्रचुर मात्रामा हतियार, विस्फोटक, गोला-बारूद तथा युद्धक सामग्री जफत गरेको छ। अभियान अवधि प्रतिबन्धित उग्रवादी सङ्गठन यूएनएलएफ (पी)- का चार जना सक्रिय सदस्यहरूलाई पक्राउ गरियो।
पुलिस अनुसार जफत गरिएका हतियारहरूमा एके र एम-सीरीजका राइफलहरू, स्नाइपर राइफल, मोर्टार, आरपीजी-7 लन्चर तथा एन्टी-ड्रोन ज्यामर जस्ता अत्याधुनिक उपकरणहरू सामेल छन्।
मणिपुर पुलिस मुख्यालयद्वारा शुक्रवार सवेरै आधिकारिक बयान अनुसार लामशाङ्ग थाना क्षेत्रमा लुटिएका हतियार अनि गोला-बारूद बिक्री भइरहेको विश्वसनीय सूचना प्राप्त भएपछि गत 20 मईको दिन लामदेङ्ग क्षेत्रमा विशेष अभियान सञ्चालन गरियो। अभियानको क्रममा यूएनएलएफ (पी) गुटका सक्रिय सदस्यद्वय हेइशनाम थमस सिंह (29) र अरामबम टमटम सिंह (29)-लाई पक्राउ गरियो। दुवैको कब्जाबाट एउटा इंसास एलएमजी, तीन वटा एलएमजी म्यागजिन र 14 वटा जिउँदो कारतूस जफत गरियो।
पुलिसले बतायो, यी उग्रवादीहरूलाई पक्राउ गर्दा यिनीहरूका अन्य साथीहरूले सुरक्षा बलमाथि गोली चलाए। जवाफी कारबाही गर्दा केही समयसम्म दुई पक्षमाझ गोली चलाचल भयो। पछि सुरक्षा बलहरूले यस घटनामा सामेल अन्य दुई जना उग्रवादीहरू क्रमैले निन्थौजम राकेश सिंह र चिङ्गाखाम महेश सिंहलाई पनि पक्राउ गरियो।
प्रारम्भिक जाँचबुझमा उग्रवादीहरूले खुलासा गरे, उनीहरू यूएनएलएफ (पी)- का स्वघोषित लांस कर्पोरल नोरम बिजोय उपनाम माचाको निर्देशमा हतियारहरू बिक्री गर्न आएका थिए। आरोपीहरूले पहिला पनि लुटेका हतियारहरू तथा गोला-बारूदहरूको तस्करी एवं बिक्रीमा आफूहरू सामेल रहेको कुरा स्वीकार गरेका छन्।
त्यसपछि मणिपुर पुलिस, असम राइफल्स औ सीआरपीएफको संयुक्त टीमले लामदेङ्गस्थित यूएनएलएफ (पी)- को एक अवैध शिविरमा घेराबन्दी एवं खोजी अभियान सञचालन गऱ्यो। यस अवधि सुरक्षा बलहरूले 29 वटा अत्याधुनिक हतियारहरू जफत गऱ्यो जसमा एके-सीरीज़ र एम-सीरीज़का राइफलहरू, पिस्तोल तथा अन्य आग्नेयास्त्र सामेल छन्।
संयुक्त सुरक्षा बलहरूले गए 21 मईको दिन अभियानलाई अगाड़ि बढ़ाउँदै थप 38 वटा हतियार एवं प्रचुर मात्रामा युद्धक सामग्री जफत गरे जसमा एके-सीरीजका 27 वटा राइफल, एम21 औ एम16 राइफल, एम4 राइफल, स्नाइपर राइफल, कार्बाइन, पिस्तोल, शटगन, मोर्टार, आरपीजी-7 लन्चर, एन्टी-ड्रोन ज्यामर, विस्फोटक एवं ठूलो सङ्ख्याा गोला-बारूद सामेल छन्। यस अतिरिक्त अन्य आपत्तिजनक वस्तुहरू पनि जफत गरिएको छ।
पुलिस विभागले सर्वसाधारण जनतासित अपील गरेको छ, यदि कसैसित लुटेको वा अवैध हतियारसित सम्बन्धित कुनै जानकारी छ भने तुरून्तै निकटतम पुलिस थानालाई सूचित गरियोस्। पुलिसले भन्यो, राज्यमा शान्ति, सुरक्षा एवं कानून व्यवस्थालाई कायम राख्नको लागि जनताको सहयोग अत्यन्त आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा