हाजोको लाह शहीद बेदी चौकमा भयङ्कर आगो लाग्यो
हाजोको लाह शहीद बेदी चौकमा भयङ्कर आगो लाग्यो


कामरूप (असम), 22 मई (हि.स.)। हाजोको लाह शहीद बेदी चौक क्षेत्रमा गए राती भयानक आगो लागेको घटनामा लगभग 20 लाख रुपियांको सम्पत्ति जलेर खरानीमा परिणत भयो। आगो सिलेण्डर विस्फोट भएर लागेको हुनसक्ने आश्का व्यक्त गरिएको छ।

जानकारी अनुसार मोहन नाथ नामक व्यक्तिको घरमा यो दुर्घटना त्यसबेला भयो जतिबेला मौरीलाई धपाउनको लागि राखिएको मैला-कुचैला थुप्रोमा आगो लागेको थियो। आशङ्का व्यक्त गरिँदैछ कि त्यहीँबाट आगोको झिल्का नजिकै राखिएको ग्यास सिलेण्डरसम्म पुग्यो जसले गर्दा सिलेण्डर पड़्कियो। फलस्वरूप आगोले सम्पूर्ण घरलाई आफ्नो चपेटमा लियो।

आगोले घरभित्रका सबै सामानहरू, बाख्रा, हाँस सहित अन्य घरेलु वस्तुहरूलाई जलाएर नष्ट गरिदियो। आगोले मोहन नाथको भाइको परिवारलाई पनि आंशिक क्षति पुऱ्याएको छ।

स्थानीय मानिसहरूको सहयोगमा दमकल विभागका तीन वटा वाहनहरूको लामो प्रयासपछि आगोलाई नियन्त्रित गरियो। घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande