दिलीप घोषले कार्यकर्ताहरूसित गरे सम्वाद, विकास योजना अनि बजटका तयारीहरूमाथि कुरा राखे
दिलीप घोषले कार्यकर्ताहरूसित गरे सम्वाद, विकास योजना अनि बजटका तयारीहरूमाथि कुरा राखे


मेदिनीपुर, 22 मई (हि.स.)। शुक्रवार बिहान मेदिनीपुर बजारको एक्सिस ब्याङ्कको छेउमा आयोजित चियामा एकत्रीकरण कार्यक्रममा राज्यका मन्त्री दिलीप घोषले भाग लिए। यस अवधि उनले स्थानीय मानिसहरू तथा पार्टी कार्यकर्ताहरूसित बातचित गरे। बातचितको क्रममा उनले क्षेत्रको राजनीतिक एवं प्रशासनिक स्थितिमाथि आफ्नो कुरा राखे।

मन्त्रीले भने, उनी यस स्थानमा पहिला पनि आइसकेका छन् र यहाँ बसेर चिया पिसकेका छन्। उनले भने, “यी मानिसहरू पहिला पनि थिए र आज पनि छन्, फरक यति मात्र छ कि अब मेरो जिम्मेवारी बढ़ेको छ साथै मेरो पदोन्नति पनि भएको छ।” उनले अझ भने, सरकारमाथि अब विकास कार्यहरूको ठूलो जिम्मेवारी आइलागेको छ। जनतासम्म प्रशासनिक कामकाजको जानकारी पुऱ्याइँदैछ।

दिलीप घोषले दाबी गरे, राज्यमा विकास कार्यहरूको शुरूआत भइसकेको छ, तथापि वित्तीय समस्याहरू यथावत छ। उनले आरोप लगाए, पछिल्लो सरकारले केही “आर्थिक खाल्डो” छोड़िदिएको छ जसलाई भर्न आवश्यक छ।

उनले यो पनि भने, मुख्यमन्त्री शुभेन्दु अधिकारी अहिलेघरि दिल्ली दौड़ाहमा छन् जहाँ केन्द्र सरकारसित विभिन्न मुद्दाहरूमा चर्चा गरिनेछ। आगामी बजटको सन्दर्भमा उनले बताए, सबै विभागहरूमा नयाँ बजट तयार गर्ने प्रक्रिया शुरू गरिएको छ। उनी स्वयंले पनि आफ्ना तीन वटा विभागका अधिकारीहरूसित बजटपूर्व बैठक गर्नेछन्।

मन्त्रीले अझ भने, राज्यमा हिंसा अनि आर्थिक अनियमिततासित सम्बन्धित केही मुद्दाहरूको जाँच शुरू गरिेएको छ। यस मामिलाका आरोपीहरूलाई कानूनको घेरामा ल्याइनेछ। उनले भने, सरकार गठन भएदेखिनै प्रशासनिक कामकाजलाई गति दिइएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande