44 डिग्री तापमानमा एनसीसी ट्रेनिङ्ग भयो हानिकारक, जबलपुरमा दुई दर्जन क्याडेट्सको स्वास्थ्य बिग्रियो
44 डिग्री तापमानमा एनसीसी ट्रेनिङ्ग भयो हानिकारक, जबलपुरमा दुई दर्जन क्याडेट्सको स्वास्थ्य बिग्रियो


जबलपुर, 22 मई (हि.स.)। मध्य प्रदेशको जबलपुरमा प्रचण्ड गर्मीमा आयोजित एनसीसी प्रशिक्षण शिविरमा लगभग दुई दर्जन क्याडेट्स बिमार भए। तीव्र गर्मी तथा लूको बीचमा खुल्ला मैदानमा ट्रेनिङ्ग दिइएको कारणले विद्यार्थीहरू डिहाइड्रेशन एवं हीट स्ट्रोकको शिकार भए। प्रभावित क्याडेट्सलाई अबेर राती जिल्ला अस्पतालमा भर्ती गरियो जहाँ उनीहरूको उपचार भइरहेको छ।

घटना डुमना रोडस्थित ट्रिपल आईटीडीएम परिसरमा भइरहेको एनसीसीको 10 दिवसीय संयुक्त वार्षिक प्रशिक्षण शिविर (CATC-98)-मा भएको हो। शिविरमा कटनी, तेन्दूखेड़ा, कटङ्गी औ नुनसर समेत विभिन्न क्षेत्रहरूबाट लगभग 450 जना क्याडेट्सले भाग लिएका छन्।

मैदानमै अचेत भए छात्राहरू-

गए बिहीवार जबलपुरको तापमान लगभग 44 डिग्री सेल्सियससम्म पुगेको थियो। तथापि क्याडेट्सलाई खुल्ला मैदानमा लगातार ट्रेनिङ्ग दिरह्यो। गर्मी र लूले गर्दा केही क्याडेट्सलाई रिङ्गला लाग्ने, वान्ता हुने, पखाला लाग्ने तथा कमजोरी जस्ता सिकायतहरू हुन थाल्यो।

स्थिति त्यसबेला गम्भीर भयो जतिबेला केही छात्राहरू मैदानमा अचेत भएर ढले। त्यसपछि प्रशासनले बिमार क्याडेट्सलाई एम्बुलेन्स मार्फत राती लगभग 8:30 बजे जिल्ला अस्पतालमा पुऱ्यायो।

अस्पतालमा मचियो कोकोहोलो-

एकैसाथ यति धेरै सङ्ख्यामा क्याडेट्स अस्पतालमा पुगेपछि आपतकालीन वार्डमा कोकोहोलो मचियो। अस्पताल प्रशासनलाई अतिरिक्त डाक्टर औ नर्सिङ्ग स्टाफलाई ड्यूटीमा खटाउनु पऱ्यो। रोगीहरूको लागि अतिरिक्त बेड, ड्रिप एवं औषधिहरूको व्यवस्था गरियो।

मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा. नवीन कोठारीले शुक्रवार बिहान बताए, सबै प्रभावित क्याडेट्सको अवस्था स्थिर छ।केही छात्राहरूलाई निगरानीमा भर्ती गरिएको छ।

फूड प्वाइजनिङ्ग भएको अफवाह खारेज-

घटनापछि सोशल मीडियामा फूड प्वाइजनिङ्ग भएको चर्चा हुन थालेको थियो, तर अस्पताल प्रबन्धन र एनसीसी अधिकारीहरूले यसलाई ग लत बताए, चिकित्सकीय जाँचमा सबै क्याडेट्स हीट स्ट्रोक र डिहाइड्रेशनबाट प्रभावित भएको पुष्टि भएको छ।

ट्रेनिङ्ग व्यवस्थामाथि उठ्यो प्रश्न-

घटनापछि एनसीसी शिविरको व्यवस्था र भीषण गर्मीमा खुल्ला मैदानमा ट्रेनिङ्ग गराइएकोमा प्रश्न उठ्न थालेको छ। केही क्याडेट्सले नाम प्रकाशित नगरिदिने शर्तमा बताए, अत्यधिक गर्मी भए पनि लगातार कठिन ट्रेनिङ्ग दिरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande