
आसनसोल , 22 मई (हि.स.)। पश्चिम बर्दवान जिल्लाको बर्नपुरमा गए शुक्रवार अवैध निर्माणको विरोधमा व्यापक कारबाही गर्दै सेल आईएसपीको नगर सेवा विभागको एस्टेट विभाग प्रबन्धनले तृणमूल कङ्ग्रेसका दुई वटा पार्टी कार्यालयहरूलाई बुलडोजर चलाएर ध्वस्त बनाइदियो।
जानकारी अनुसार एउटा कार्यालय बाटा रोड र दोस्रो मस्जिद रोड क्षेत्रमा अवस्थित थियो।
अधिकारीहरूले बताए, कारबाही गर्नअघि सम्बन्धित पक्षलाई नोटिस जारी गरिएको थियो साथै यस निर्माणलाई हटाउनको लागि पर्याप्त समय पनि दिइएको थियो। यतिका दिनसम्म यी अवैध निर्माणहरूलाई नहटाइएको कारणले प्रशासनले निर्धारित प्रक्रिया अन्तर्गत बुलडोजर चलाएर दुवै ढाँचालाई भत्काइदियो।
प्रबन्धनको पक्षबाट भनियो, सम्पूर्ण कारबाही कानूनको घेराभित्र बसेरै गरिएको हो। यस घटनापछि क्षेत्रमा राजनीतिक चर्चा तीव्र भएको छ, किनभने मामिला तृणमूल कङ्ग्रेससित जोड़िएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा