सालानपुरमा असरकारी स्टील कारखानाको विरोधमा श्रमिकहरूको प्रदर्शन
सालानपुरमा असरकारी स्टील कारखानाको विरोधमा श्रमिकहरूको प्रदर्शन


आसनसोल , 22 मई (हि.स.)। बाराबनी विधानसभा क्षेत्रको सालानपुर ब्लक अन्तर्गत देदुआ कल्याणेश्वरी क्षेत्रमा अवस्थित एक निजी स्टील कारखानाका श्रमिकहरूले शुक्रवार कारखाना प्रबन्धनमाथि शोषण गरेको आरोप लगाउँदै काम बन्द गरी विरोध प्रदर्शन गरे। श्रमिकहरूले कारखााको मुख्य गेटदेखि केही टाड़ा सड़कमा उत्रेर आक्रोश व्यक्त गरे।

प्रदर्शन गरिरहेका श्रमिकहरूको भनाइ छ, उनीहरूलाई उचित वेतन दिरहेको छैन। जति वेतन पाउनुपर्छ, त्योभन्दा कम भुक्तान गरिरहेको छ। उनीहरूको आरोप छ, 8 घण्टाको सट्टा 12 घण्टासम्म काम गराइन्छ जुन श्रम कानूनहरूको उल्लङ्घन हो। यसको साथै उनीहरूले यो पनि भने, कारखानामा श्रमिकहरूको सुरक्षा अनि स्वास्थ्यसित सम्बन्धित कुनै समुचित व्यवस्था छैन जसबाट उनीहरूलाई असुरक्षित माहोलमा काम गर्नुपर्छ।

श्रमिक अनुसार वेतन वृद्धि वा 8 घण्टा ड्यूटीको मागमा प्रबन्धनसित बातचित गर्दा उनीहरूलाई स्पष्ट रूपमा भनिन्छ, यदि यस शर्तमा काम गर्नु छ भने गर,अन्यथा नोकरी छोड़। उनीहरूले बताए, यसअघि पनि यी मागहरूलाई लिएर विरोध प्रदर्शन गरिएको थियो, त्यसताक प्रबन्धनले उनीहरूका समस्याहरूमाथि विचार गर्ने आश्वासन दिएका थिए, तर अहिलेसम्म कुनै ठोस उठाइएको छैन। त्यसैले एकफटक फेरि श्रमिकहरूलाई आन्दोलनको मार्ग अप्नाउनु परिरहेको छ। श्रमिकहरूले यो पनि भने, चुनाउअघि क्षेत्रका भाजपा प्रत्याशी जो अहिले विधायक भइसकेका छन्,- ले श्रमिकहरूलाई साथ दिने आश्वासन दिएकाथिए। त्यसैले अब उनीहरूलाई आशा लागेको छ, उनीहरूको यस आन्दोलनमा क्षेत्रीय विधायकले समर्थन गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande