भारतमा अवैध रूपमा प्रवेश गरेका दुई पाकिस्तानी नागरिकलाई बीएसएफले समात्यो
भारतमा अवैध रूपमा प्रवेश गरेका दुई पाकिस्तानी नागरिकलाई बीएसएफले समात्यो


चण्डीगढ़, 22 मई (हि.स.)। बीएसएफका जवानहरूले भारत-पाकिस्तान सीमाबाट अवैध रूपमा भारतीय क्षेत्रमाा छिरेका दुई जना पाकिस्तानी नागरिकहरूलाई उनीहरूको निजी वाहनसितै पक्राउ गरेका छन्। दुवै व्यक्ति लाहौर निवासी रहेको बताइएको छ। हाल उनीहरूसित जाँचबुझ भइरहेको छ।

बीएसएफ अनुसार दुवै पाकिस्तानी नागरिकले पाकिस्तानको कसूर क्षेत्रका पसलहरूमा विभिन्न प्रकारका वस्तुहरू सप्लाई गर्ने काम गर्दथे। उनीहरू आफ्नो निजी वाहनमा सवार भएर सीमा क्षेत्र तर्फ आए अनि गल्ती वा अन्य कारणले भारतीय सीमामा प्रवेश गरे जहाँ सीमामा तैनाथ बीएसएफका जवानहरूले उनीहरूलाई समाते। यी पाकिस्तानी नागरिकहरूको पहिचान मोहम्मद लाहौरको नास्टर कलोनी, फिरोजपुर रोड निवासी सलिम, पुत्र नजिर अहमद (उमेर 60 वर्ष) औ जसहिन टाउन, गज्जी रोड निवासी अमीर नवाज, पुत्र मोहम्मद नवाजको रूपमा भएको छ।

बीएसएफका अधिकारीहरूले जीरो लाइनमा उभिएर पाकिस्तान रेञ्जर्सका अधिकारीहरूलाई पनि यस घटनाको जानकारी दिइएको छ। हाल दुवै पाकिस्तानी नागरिकसित अमृतसर सेक्टरमा बीएसएफका वरिष्ठ अधिकारीहरूले गहन जाँचबुझ गरिरहेका छन्। यो पनि थाहा लागेको छ, दुवै व्यक्ति आफ्नो निजी वाहनमै सवार भएर भारतीय सीमामा प्रवेश गरेका थिए। बीएसएफले नागरिकहरूसँगसँगै वाहनलाई पनि आफ्नो कब्जामा लिएको छ। सुरक्षा एजेन्सीहरू मामिलाको हरेक पाटो र पक्षको जाँचमा जुटेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande