
-लखनऊका जिल्ला न्यायाधीश मलखान सिंहको नेतृत्वमा साइकल जागरूकता ऱ्याली निकालियो
लखनऊ, 22 मई (हि.स.)। इलाहाबाद उच्च न्यायालयको लखनऊ बेञ्चका न्यायाधीश न्यायमूर्ति राजेश सिंह चौहानले शुक्रवार लखनऊका जिल्ला न्यायाधीश मलखान सिंहको नेतृत्वमा लखनऊको डालीबागदेखि शुरू भएको एक साइकल जागरूकता ऱ्यालीलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। यस अवसरमा जस्टिस राजेश चौहानले भने, बढ़्दो प्रदूषणलाई रोक्नको लागि यस्तो प्रयास गर्न अनिवार्य छ। उनले भने, न्यायपालिकाको यस्तो अनौठो अभियानले जनतालाई पेट्रोल-डिजल बचाउने तथा स्वास्थ्यप्रति जागरूक रहने सन्देश दिएको छ। जिल्ला जज मलखान सिंहको नेतृत्वमा सबै जजहरू डालीबागदेखि साइकल चलाएरै अदालतमा पुगे। यस अवधि यो पनि तय गरियो, सप्ताहमा एक दिन साइकलमा सवार भएर उनीहरू अदालतमा पुग्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा