घैयाबारी दुई र तीन ग्राम पञ्चायतका भागोप्रमो बोर्डको पञ्चायत समिति र पञ्चायत सदस्यहरुलाई लिएर सभा सम्पन्न
bgpm ghayabari


खरसाङ, 22 मई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुई र घैयाबारी ग्राम पञ्चायत तीनका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को पञ्चायत प्रधान, उप प्रधान र पञ्चायत सदस्य सदस्याहरु र पञ्चायत समिति सदस्य सदस्याहरुलाई लिएर भागोप्रमोको सभा सम्पन्न भएको छ। उक्त सभा घैयाबारी ग्राम पञ्चायत दुईको चुनभट्टीस्थित सार्वजनिक भवनमा सम्पन्न भयो।

सभामा खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री अनि भक्तिमान तामाङ उपस्थित थिए। सभामा पश्चिम बङ्गालमा भाजपाको सरकार बनेपछि अब पञ्चायतहरूलाई कसरी सुचारु रुपमा अझ बलियो बनाउने अनि पञ्चायतद्वारा ग्रामवासीलाई विकासका कार्यहरु कसरी गर्ने भन्ने विषयमा चर्चा परिचर्चा गरियो।

सभामा खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्री, कर्माध्यक्ष दावा वाङ्दी लामा, पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत समिति सदस्य र पञ्चायत सदस्यहरुले आफ्नो मत राख्दै भागोप्रमोको पञ्चायत बोर्डलाई बलियो राख्ने र अन्य कुनै पार्टीमा नजाने निर्णय गरेको जानकारी प्राप्त भएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande