
गान्तोक, 22 मई (हि.स.)। विभिन्न निर्वाचन क्षेत्रका छजना प्रमुख सामाजिक तथा राजनीतिक व्यक्तित्वहरू आज भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। उनीहरूमा याङथाङ निर्वाचन क्षेत्रअन्तर्गत साक्योङ-याङ्तेका वर्तमान पञ्चायत सदस्य जीवन खतिवडा, याङथाङ निर्वाचन क्षेत्रका पूर्व पञ्चायत उपाध्यक्ष सोनाम पाल्जोर भोटिया, याङथाङ निर्वाचन क्षेत्रका सामाजिक कार्यकर्ता सीके शर्मा, योक्सुम-टासीडिङ निर्वाचन क्षेत्रका पूर्व पञ्चायत सदस्य जीएस लिम्बू, पश्चिम पान्दम निर्वाचन क्षेत्रका पूर्व जिल्ला पञ्चायत सदस्य गणेश कुमार छेत्री तथा गेजिङ-बर्मेक निर्वाचन क्षेत्रका मन्धोज थापा रहेका छन्।
राज्य अध्यक्ष डीआर थापाले पार्टीका पदाधिकारीहरूको उपस्थितिमा नयाँ सदस्यहरूलाई हार्दिक स्वागत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पार्टीमा प्रवेश गर्ने नेताहरूले विकास, सुशासन तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीले अघि बढाइरहेको प्रगतिशील विचारधाराबाट प्रेरित भई पार्टीमा प्रवेश गरेको बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल