खरसाङ महकुमा शासकले खरसाङ नगरपालिकाको अभिभारा लिए
खरसाङ महकुमा शासकद्वारा खरसाङ नगरपालिकाको चार्च लिए


खरसाङ 22 मई (हि.स.)। सरकारी निर्देश अनुसार शुक्रबारदेखि खरसाङ नगरपालिकाको प्रशासनिक अभिभारा खरसाङ महकुमा अधिकारीले लिएकी छन्। पश्चिम बंगाल विधानसभा चुनाउमा भारतीय जनता पार्टीको जीत भएसॅंगै पहाडका तीनवटा नगरपालिकाहरुमा नियुक्त प्रशासकहरुलाई हटाएर नगरपालिकाको जिम्मा महकुमा शासकहरूलाई दिइएको छ।

यस क्रममा आज खरसाङ नगरपालिकाको जिम्मेवारी खरसाङ महकुमा शासक आईएएस प्रिया यादवले लिएकी छन्। खरसाङ नगरपालिकाका पूर्व चेयरम्यान ब्रिगेन गुरुङले आजसम्मको आय व्याय सम्बन्धित दस्तावेजहरू पनि आधिकारिक रूपमा हस्ताक्षर गरेर महकुमा शासकलाई सुम्पेका छन्।

पूर्व चेयरम्यान ब्रिगेन गुरुङले पहाडका तीनवटा नगरपालिका कालेबुङ, मिरिक र खरसाङमा 2022 सालमा पश्चिम बङ्गालका राज्यपालद्धारा हस्ताक्षरित सरकारी निर्देश अनुसार विगतका अध्यक्ष र उपाध्यक्षहरूलाई नै प्रशासनिक अभिभारा दिएर राखिएको थियो। वर्तमान पश्चिम बङ्गाल सरकारले अब नगरपालिका चुनाउ गराउने भएको छ। उनले आज 22 मई, 2026 देखि खरसाङ नगरपालिकाको सबै हर हिसाब गरेर महकुमा शासक आईएएस प्रिया यादवलाई सुम्पेको बताए।

गुरुङले 2017 मा गठन भएको खरसाङ नगरपालिकाको बोर्ड 2022 मा सकिए पनि चुनाउ नभएकाले राज्यपालको निर्देशनमा प्रशासक नियुक्त गरिएको र उक्त निर्देशन अनुसार नै आफुहरुले जनताको लागि काम गर्दै आएको बताए। उनले बंगालमा भाजपाको सरकार गठन भएको र अब नगरपालिका चुनाउ हुने भएपछि प्रशासकहरु हटाइएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande