माखा-डिक्चु राजमार्ग परियोजनाबारे सार्वजनिक सुनवाई, जिल्लापालले दिए संयुक्त निरीक्षणको निर्देशन
माखा-डिक्चु राजमार्ग परियोजनाबारे सार्वजनिक सुनवाई


गान्तोक, 22 मई (हि.स.)। माखा-डिक्चु राजमार्ग चौडा पार्ने परियोजनासँग सम्बन्धित मुद्दा र आम जनताले सामना गरिरहेका कठिनाइहरूलाई लिएर आज गान्तोकको जिल्ला प्रशासनिक केन्द्रमा एक सार्वजनिक सुनुवाई सम्पन्न भयो। सुनुवाईमा क्षेत्र विधायक, जिल्लापाल, अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, बीडीओ, पञ्चायत प्रतिनिधिहरू, सम्बन्धित अधिकारीहरू र परियोजना प्रभावित क्षेत्रका नागरिकहरू उपस्थित थिए।

सुनवाईमा भाजपा सिक्किमका महासचिव दिनेश नेपालको नेतृत्वमा पार्टीको एक प्रतिनिधिमण्डल पनि सहभागी बनेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सुनुवाईको क्रममा भाजपा सिक्किमले जनताको चिन्ता र सडक चौडा पार्ने प्रक्रियाबाट उत्पन्न गम्भीर समस्याहरू जोडदार रूपमा उठायो। जसमा सार्वजनिक असुविधा, आवासीय सम्पत्तिमा क्षति, यात्रुहरू र स्कूल जाने बालबालिकाहरूले सामना गर्ने चुनौतीहरू, सिँचाई सुविधामा अवरोध, जीविकोपार्जनको चिन्ता र समयमै राहत र जवाफदेहिताको आवश्यकता समावेश थिए।

प्रभावित नागरिकहरूको हितमा भाजपा सिक्किमले औपचारिक रूपमा सम्पूर्ण माखा-डिक्चु खण्डको व्यापक संयुक्त निरीक्षणको माग गर्‍यो, जसले स्थानीय बासिन्दाहरूले सामना गरिरहेका गुनासोहरूको निष्पक्ष, पारदर्शी र समयबद्ध समाधान सुनिश्चित होस्।

जिल्लापालले यस विषयलाई गम्भीरतापूर्वक लिॅंदै जिल्ला प्रशासन, सीमा सडक संगठन र ग्रेफका सम्बन्धित अधिकारीहरूलाई छिटोभन्दा छिटो संयुक्त निरीक्षण गर्न निर्देशन दिए, ताकि परियोजनाबाट उत्पन्न हुने सबै समस्याहरूको व्यापक रूपमा मूल्याङ्कन गर्न सकियोस् र अविलम्ब आवश्यक सुधारात्मक उपायहरू शुरु गर्न सकियोस्।

भाजपा सिक्किमले यस प्रगतिलाई प्रभावित नागरिकहरूको लामो समयदेखिको चिन्तालाई सम्बोधन गर्ने दिशामा सकारात्मक र जिम्मेवार कदम बताउॅंदै जनहितप्रति देखाइएको द्रुत प्रतिक्रिया र गम्भीरताको लागि जिल्ला प्रशासनप्रति पनि हार्दिक आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande