विधानसभामा विपक्षका नेताको कोठामा ताला, विरोधमा तृणमूल विधायकहरूको धरना
विधानसभामा विपक्षका नेताको कोठामा ताला, विरोधमा तृणमूल विधायकहरूको धरना


कोलकाता, 22 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभामा विपक्षको नेतालाई मान्यता दिने सन्दर्भमा विवाद लगातार गहिरिँदै गइरहेको छ। निर्धारित समय बितिसकेपछि पनि विपक्षका नेताको कोठामा लगाइएको ताला नखोलिएपछि शुक्रवार तृणमूल कङ्ग्रेसका विधायकहरूले विधानसभा परिसरमा धरना प्रदर्शन शुरू गरे। तृणमूलका 18 जना विधायकहरू विधानसभाभित्र विपक्षका नेताको बन्द कोठा सामु धरनामा बसे।

तृणमूल कङ्ग्रेसले पहिला नै चेताउनी दिएको थियो, यदि शोभनदेव चट्टोपाध्यायलाई औपचारिक रूपमा विपक्षका नेताको मान्यता दिएर उनको कोठा खोलिएन भने पार्टीले विरोध प्रदर्शन गर्नेछ। यसको लागि अपरान्ह 12 बजेसम्म समय पनि दिइएको थियो। समय-सीमा पमाप्त हुनसाथ तृणमूल विधायकहरू धरनामा बसे।

वास्तवमा विधानसभा अध्यक्ष रथिन्द्रनाथ बसुले शोभनदेव चट्टोपाध्यायलाई विपक्षका नेता घोषित गर्नको लागि औपचारिक प्रस्ताव मागेका थिए।शुरूआती अनिश्चितता पश्चात मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा सम्पन्न बैठकपछि तृणमूल कङ्ग्रेसले विधानसभामा प्रस्ताव जमा गऱ्यो। तथापि विपक्षका नेताको मान्यतालाई लिएर विधानसभा परिसरमा तनाउपूर्ण स्थिति उत्पन्न भएको छ।

केही दिनअघि तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले विधानसभा अध्यक्षलाई प त्राचार गरी शोभनदेव चट्टोपाध्यायलाई विपक्षको नेता घोषित गर्ने माग गरेका थिए। तथापि विधानसभा सचिवालयले त्यस पत्रलाई खारेज गरिदिएको थियो। सचिवालयद्वारा भनियो, नियमहरू अनुसार संंसदीय दललाई आधिकारिक पत्र तथा बैठकको प्रस्तुत प्रस्तुत गर्नुपर्नेछ। कुनै व्यक्तिगत नेताको घोषणा स्वीकार्य हुनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande