बाराबङ्कीमा डम्परले एउटै परिवारका पाँच जना मानिसहरूलाई कुल्चियो, चार जनाको मृत्यु
बाराबङ्कीमा डम्परले एउटै परिवारका पाँच जना मानिसहरूलाई कुल्चियो, चार जनाको मृत्यु


बाराबङ्की, 23 मई (हि.स.)। उत्तर प्रदेशको बाराबङ्की जिल्ला अन्तर्गत फतेहपुर थाना क्षेत्रस्थित झाँसा गाउँमा गए शुक्रवार अबेर राती भएको एक सड़क दुर्घटनामा एउटै परिवारका चारजना मानिसहरूको मृत्यु भयो। यस घटनामा घाइते एकजना महिलाको अवस्था गम्भीर रहेको बताइएको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँचमा जुटेको छ।

सीओ फतेहपुर जगतराम कन्नौजियाले शनिवार बताए, मृतक नीरजले भाड़ामा म्याजिक वाहन चलाएर आफ्नो परिवार धान्दै आएका थिए। तिनको परिवारमा पत्नी आरती, छोराद्वय अनुराग, अंशु र छोरी अंशिका थिए। परिवार एवं अन्य मानिसहरूबाट थाहा लागे अनुसार गए शुक्रवार राती खानापान सकेर सबैजना घरमा सुतिरहेका थिए। अचानक राती बिजुली गयो। नीरज सपरिवार सड़क किनारमा सुते। राती लगभग 2 बजे द्रूत गतिको अनियन्त्रित डम्परले पहिला सड़क किनारको रूखलाई ठक्कर दियो, त्यसपछि बाहिर सुतिरहेको परिवारलाई कुल्चियो। चित्कार-पुकार सुनेर ग्रामीणहरू दौड़ेर घटनास्थलमा पुगे अनि सबै घाइतेहरूलाई जिल्ला अस्पतालमा पुऱ्याए। दुर्घटनापछि चालक घटनास्थलमै डम्परलाई छोड़ेर भाग्यो। पुलिसले डम्परलाई कब्जामा लिएर चालकलाई खोजिरहेको छ। एउटै परिवारका चारजना सदस्यहरूको मृत्युले सम्पूर्ण गाउँ शोकमा डुबेको छ। पत्नी आरतीको अवस्था नाजुक रहेकोले तिनलाई डा. राम मनोहर लोहिया आयुर्विज्ञान संस्थान लखनऊमा रेफर गरिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande