
नयाँ दिल्ली, 23 मई (हि.स.)। उत्तर-पूर्वी जिल्लाको शास्त्री पार्कस्थित फर्नीचर मार्केटमा गए शुक्रवार अबेर राती भीषण आगो लाग्यो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। द्रूत गतिमा फैलिएको आगोले क्षणभरमै वरिपरीका पसलहरूलाई आफ्नो चपेटमा लियो अनि सम्पूर्ण क्षेत्रलाई कालो धुँवाले ढाक्यो। घटनापछि सम्पूर्ण क्षेत्रमा भागदौड़ मचियो भने स्थानीय मानिसहरूको भीड़ एकत्र भयो।
जानकारी मुताविक गए राती 11:57 बजे फायर कन्ट्रोल रूमलाई आगो लागेको सूचना प्राप्त भयो। त्यसपछि तत्कालै दमकल विभागका वाहनहरूलाई घटनास्थल तर्फ प्रस्थान गराइयो। आगोको भयावहतालाई मध्यनजर गगर्दै लगातार अतिरिक्त संसाधनहरूलाई पठाइयो। राती लगभग 1:20 बजेसम्ममा 23 वटा दमकल वाहनहरू घटनास्थलमा पुगिसकेका थिए। आगोलाई नियन्त्रण गर्ने अभियान निरन्तर जारी थियो।
दमकल विभागका डिप्टी चीफ फायर अफिसर डी.बी. मुखर्जी अनुसार फर्नीचर मार्केटमा भारी मात्रामा ज्वलनशील सामग्री राखिएको थियो। काठ, फोम, प्लास्टिक एवं अन्य सामानहरू राखिएको कारणले आगो द्रूत गतिमा फैलिँंदै गयो जसले केही क्षणमै विकराल रूप धारण गऱ्यो। स्थितिलाई ध्यानमा राखे यस आगलागीलाई ‘मीडियम क्याटोगरी फायर’ घोषित गरियो। आगो निभाउनका लागि दमकल कर्मीहरूलाई धेरै परिश्रम गर्नुपऱ्यो। साँघुरो गल्ली तथा ह्वार-ह्वार बलिरहेको आगोबीच राहत अनि बचाउ कार्य चुनौतीपूर्ण बन्दै गयो। धुँवाले गर्दा मानिसहरूलाई समस्या हुन थाल्यो।
प्रत्यक्षदर्शीहरू अनुसार घटनापछि ठूलो सङ्ख्यामा स्थानीय मानिसहरू घटनास्थलमा पुगे। प्रशासन अनि राहत कार्यलाई लिएर मानिसहरूको असन्तुष्टि पनि देखियो। स्थिति तनाउपूर्ण भयो। यस अवधि कतिपय मानिसहरूले दमकल विभागका वाहनहरूमा ढुङ्गामुड़ा पनि गरे। सूचना पाएर पुलिस टीमले घटनास्थलमा पुगी स्थितिलाई नियन्त्रण गर्दै सुरक्षा व्यवस्थालाई विस्तार गऱ्यो। अहिलेसम्म कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। तथापि प्रारम्भिक अनुमानमा ठूलो नोक्सान भएको बताइँदैछ। आगोले धेरै वटा पसलहरूलाई आफ्नो चपेटमा लियो जसले गर्दा व्यापारीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा