
जलपाईगुड़ी, 23 मई (हि.स.)। जिल्लाको राजगञ्ज ब्लक साहुडाङ्गी क्षेत्रमा शनिवार बिहान भएको एक पीड़ादायी दुर्घटनामा एकजना व्यक्तिको ट्रेनले काटिएर मृत्यु भयो। घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलियो। यो घटना साहुडाङ्गाीस्थित छिन्नमस्ता काली मन्दिर सामु रेलवे लाइनमा घटेको हो। मृतकको पहिचान भास्कर घोष (56)- को रूपमा भएको छ। उनीसित रहेको दस्तावेजको आदारमा थाहा लागेको छ, उनी कुचबिहार जिल्लाको हाजरा पाड़ा निवासी थिए।
स्थानीय निवासी गोपाल भक्तले बताए, शनिवार बिहान उनलाई सूचना प्राप्त भयो कि रेलवे लाइनमा एकजना व्यक्ति ट्रेनले काटिएको छ। घटनास्थलमा पुगेर हेर्दा शव क्षत-विक्षत अवस्थामा थियो।
घटनाको सूचना पाउनसाथ रेलवे पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। रेलवे पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा