
बाक्सा (असम), 23 मई (हि.स.)। असममा बाक्सा जिल्लाको माधोपुर जामा मस्जिद क्षेत्र अन्तर्गत पर्ने सयभन्दा अधिक मुस्लिम परिवारहरूले यसपालि बकरीदको अवसरमा गौ-धनको कुर्बानी (बली) नदिने निर्णय लिएका छन्।
स्थानीय मानिसहरू अनुसार सनातन धर्मका मानिसहरूको धार्मिक भावनालाई सम्मान गर्दै यो फसेला लिइएको हो। मुस्लिम समुदायका मानिसहरूले भने, उनीहरू कुनै पनि प्रकारले हिन्दू समाजको भावनामा आघात पुऱ्याउन चाहँदैनन्, किनभने गाईलाई सनातन धर्ममा पूजनीय मानिन्छ।
क्षेत्रका मानिसहरूले यस पहललाई आपस्तको भाइचारा तथा सामाजिक सौहार्दको प्रतीक बताए। दुवै समुदायका मानिसहरूले यस निर्णयलाई स्वागत गर्दै यसलाई साम्प्रदायिक सद्भावको सकारात्मक उदाहरण बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा