
जोरहाट (असम), 23 मई (हि.स.)। जोरहाट जिल्लाको नाउबेसा क्षेत्रमा एउटा नाइट सुपर बस दुर्घटनाग्रस्त भएको कारणले एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने अन्य 45 जना यात्रीहरू घाइते भए। पुलिसले शनिवार घटनाको पुष्टि गर्दै बतायो, यात्रीहरूले भरिएको बस नाउबेसा क्षेत्रमा अनियन्त्रित भएर पल्टियो। यस घटनामा घाइते भएका सबै यात्रीहरूलाई उपचारको निम्ति स्थानीय अस्पतालमा भर्ती गरिएको छ। घटना हुँदा बस गुवाहाटीदेखि माजुलीको कमलाबाड़ी तर्फ गइरहेको थियो। पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा