पाण्डवेश्वरमा तृणमूलका पञ्चायत सदस्य शेख कमरुद्दीन पक्राउ
पाण्डवेश्वरमा तृणमूलका पञ्चायत सदस्य शेख कमरुद्दीन पक्राउ


कोलकाता, 23 मई (हि.स.)। पाण्डवेश्वर थाना पुलिसले तृणमूल कङ्ग्रेसका पञ्चायत सदस्य शेख कमरुद्दीनलाई पक्राउ गरेको छ।

पुलिस सूत्र अनुसार शेख कमरुद्दीनमाथि क्षेत्रमा आतङ्क फैलाएको, मानिसहरूलाई धम्क्याएको तथा कथित रूपमा मोलतोल (रङ्गदारी असुली) गरेको गम्भीर आरोप लगाइएको छ। उनलाई गए शुक्रवार राती पक्राउ गरिएको हो जसलाई पछि दुर्गापुर महकुमा अदालतमा पेश गरियो।

भनिन्छ, उनी साउथ श्यामला कोलियरी श्रमिक सङ्गठनका सचिव पनि हुन्। यसअघि पनि पाण्डेश्वरको छोड़ा पञ्चायतका प्रधानलाई भ्रष्टाचार र आतङ्क फैलाएको आरोपमा पक्राउ गरिसकिएको छ जसबाट क्षेत्रमा राजनीतिक खैलाबैला अझ तीव्र भएको छ।

यद्यपि शेख कमरुद्दीनले सबै आरोपहरूलाई खारेज गर्दै आफूलाई निर्दोष बताएका छन्। उनको भनाइ छ, उनको अवैध कोइला, फलाम वा बालुवा चोरी जस्ता कार्यहरूसित सम्बन्ध छैन। उनलाई राजनीतिक प्रतिशोध अन्तर्गत फसाइएको हो।

हाल पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande