असम पुलिसको क्राइम ब्राञ्चमा आज पेश हुनेछन् कङ्ग्रेस नेता रणदीप सुरजेवाला
असम पुलिसको क्राइम ब्राञ्चमा आज पेश हुनेछन् कङ्ग्रेस नेता रणदीप सुरजेवाला


गुवाहाटी, 23 मई (हि.स.)। अखिल भारतीय कङ्ग्रेस कमिटी (एआईसीसी) का महासचिव तथा राज्यसभा सांसद रणदीप सिंह सुरजेवाला आज असम पुलिसको क्राइम ब्राञ्च समक्ष पेश हुनेछन्। कङ्ग्रेस नेता पवन खेड़ासित जाँंचबुझ गर्दा उनले सुरजेवालाको नाम लिएका कारण क्राइम ब्राञ्चले उनलाई बोलाएको हो।

सूत्र अनुसार, जाँच एजेन्सीले यस मामिलामा अग्रिम जाँचबुझको लागि सुरजेवालाबाट जानकारी जुटाउनेछ। यो मामिला असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमकी पत्नी रिनिकी भुइयाँ शर्माको सन्दर्भमा कङ्ग्रेस नेताहरूद्वारा दिइएको कथित विवादित टिप्पणीसित जोड़िएको बताइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande