
सिलगढ़ी, 23 मई (हि.स.)। सिलगढ़ी महकुमा अधिनस्थ खोरीबाड़ीको भारत-नेपाल सीमा क्षेत्रमा फेरि एकपटक आग्नेयास्त्र भेटिएको घटनापछि खैलाबैला शुरू भएको छ। जानकारी अनुसार सीमा क्षेत्रको गैरसिंह जोतस्थित सशस्त्र सीमा बल (एसएसबी) को क्याम्प नजिकै गए शुक्रवार राती सड़क किनारमा कालो प्लास्टिकमा पोको पारिएको एउटा देशी हतियारमाथि स्थानीय मानिसहरूको दृष्टि पऱ्यो।
स्थानीय मानिसहरूले तुरून्तै घटनाको सूचना पानीट्याङ्की फाँड़ी पुलिसलाई दिए। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर हतियारलाई आफ्नो कब्जामा लिएर थानामा लग्यो।
यस घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिनको साथै चर्चा पनि चुलिएको छ। पुलिसले यो पत्तो लगाउन जाँचमा जुटेको छ कि यो हतियार कहाँबाट यहाँ आयो र यसको पछाड़ि को-को लुकेका छन्।
हाल पानीट्याङ्की चौकी पुलिस मामिलाको विस्तृत जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा