
इटानगर, 10 जून (हि.स.)। अरुणाचल प्रदेशको अप्पर सियाङ्ग जिल्ला अधिनस्थ मिगिङ्ग क्षेत्रमा गएको पैह्रोमा परेर एकजना स्थानीय भाजपा नेता, उनकी पत्नी औ साली समेत तीन जना मानिसहरूको मृत्यु भयो भने अन्य धेरैजना घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार बुधवार एक आवासीय क्षेत्रमा पैह्रो गयो। पैह्रोको कारणले केही मानिसहरूको मृत्यु भएको छ भने केही मानिसहरू फसेका थिए। घाइतेहरूलाई उपचारको लागि जिल्ला मुख्यालय यिनकिओङ्गमा लगिएको छ।
स्थानीय विधायक एलो लिबाङ्गले बताए, ज्यान गुमाउनेहरूमा सोही गाउँका एकजना भाजपा नेता, उनकी पत्नी औ साली सामेल छन्। उनले बताए, घटनाको खबर पाएपछि स्थानीय प्रशासन तथा इमरजेन्सी डिपार्टमेन्टका मानिसहरू तत्कालै घटनास्थलमा पुगेर रेस्क्यू अपरेशनमा जुटे।
तथापि अधिकारीहरूले अहिलेसम्म विस्तृत रिपोर्ट जारी गरेका छैनन्। शुरूआती जानकारी अनुसार पैह्रो जानुको कारम क्षेत्रमा हाइवे निर्माणको कार्य हुनसक्छ। अरूणाचल प्रदेशका अधिकारीहरूले जाँच गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा