नलबाड़ीमा गजराजकोरको 550 एनसीसी क्याडेटक लागि प्रेरणादायक हतियार प्रदर्शन
नलबाड़ीमा गजराजकोरको 550 एनसीसी क्याडेटक लागि प्रेरणादायक हतियार प्रदर्शन


नलबाड़ी (असम), 10 जून (हि.स.)। भारतीय सेनाले रेड हर्न्स डिभीजन औ गजराज कोरको तत्वावधानमा बुधवार जवाहर नवोदय विद्यालय (जेएनभी) नलबाड़ीमा प्रथम असम बटालियन एनसीसी, गुवाहाटी ग्रुपको संयुक्त वार्षिक प्रशिक्षण शिविर (सीएटीसी-42) मा भाग लिरहेका 550 एनसीसी क्याडेट्सको लागि प्रेरणादायक हतियार प्रदर्शन आयोजना गऱ्यो।

यस अवसरमा भारतीय सशस्त्र बलहरूले वर्तमानमाउपयोग गरिरहेका अत्याधुनिक इन्फ्यान्ट्री हतियार, सानो हतियार तथा सैन्य उपकरणहरू प्रदर्शन गरियो। गजराज कोरका जवानहरूले क्याडेट्सलाई यी हतियारहरूको तकनिकी विशेषता, परिचालन उपयोग तथा रखरखाउ सम्बन्धी जानकारी गरायो। यसबाट क्याडेट्सलाई भारतीय सेनाको आधुनिकीकरण प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर प्राप्त भयो।

कार्यक्रमको उद्देश्य युवाहरूमा सैनिकहरूको समर्पण तथा बलिदानप्रति सम्मानको भावना विकसित गर्नु अनि देशभक्ति,अनुशासन र जिम्मेवार नागरिकहरूको मूल्यलाई प्रोत्साहित गर्नुथ्यो। सेनाका जवानहरूसित सम्वाद गर्दै क्याडेट्सले हतियार तथा सैन्य कार्यप्रणालीप्रति गहिरो रूचि देखाए। केही क्याडेट्सले भविष्यमा भारतीय सशस्त्र बलमा सामेल हुने इच्छा समेत व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande