
नयाँ दिल्ली, 29 जून (हि.स.)। आम आदमी पार्टी (आआपा)-ले सोमवार दिल्लीमा औषधि खरिदसित सम्बन्धित घोटालाका आरोपी वत्सला अग्रवालको नियुक्तिलाई लिएर रेखा गुप्ता सरकारलाई लक्षित गरेको छ। पार्टीका दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले सोमवार भने, यो कुनै एकजना अधिकारीद्वारा गरिएको घोटाला होइन, यसमा अन्य पनि सामेल रहेको छ।
भारद्वाजले एउटा रिपोर्टलाई देखाउँदै आरोप लगाए, फरवरी, 2025- मा सरकार गठन भएपछि दिल्ली सरकारले आदेश जारी गरी केन्द्रिय खरिद एजेन्सी (सीपीए)-को माध्यमबाट स्वास्थ्य विभागको खरिद प्रक्रिया शुरू गर्ने निर्णय लियो। त्यसपछि डीजीएचएस अन्तर्गत वत्सला अग्रवाललाई नियुक्त गरियो। यसै अवधि व्यापक रूपमा खरिद सम्बन्धि टेण्डर जारी गरियो।
पार्टी मुख्यालयमा आयोजित पत्रकार वार्तामा उनले प्रश्न उठाए, वत्सला अग्रवाललाई डीजीएचएसको दायित्व किन दिइयो? तथा राज्यपालले उनलाई कुन परिस्थितिमा नियुक्त गरे? उनले भने, दिल्ली सरकारले पहिला सीपीएको माध्यमबाट खरिद गर्ने माहोल बनायो अनि पछि सरकारी धनको दुरूपयोग गऱ्यो।
आआपा नेताले सरकारलाई लक्षित गर्दै आरोप लगाए, दश लाख रुपियाँको मशिन 33 लाक रुपियाँमा खरिद गरियो भने 25 लाक रुपियाँको मशिन एक करोड़ रुपियाँमा खरिद गरियो। उनले भने, ओआरएसको खरिदमा पनि ठूलो भ्रष्टाचार गरियो। 15 रुपियाँको एउटा ओआरएसको प्याकेट लगभग 200 रुपियाँमा 50 लाख प्याकेट खरिद गरियो।
भारद्वाजले अस्पतालको लागि बेडशिट खरिदमा पनि घोटाला भएको आरोप लगाए। उनले दाबी गरे, जेम पोर्टलमा 150 रुपियाँमा उपलब्ध च्यादर दिल्ली सरकारले लगभग 450 रुपियाँ प्रतिच्यादरको दरले खरिद गऱ्यो। उनले भने, दिल्लीका सरकारी अस्पतालहरूमा लगभग 15 हजार बेडको क्षमता छ, तर त्योभन्दा अधिक सङ्ख्यामा बेडशिट खरिद गरियो।
सौरभ भारद्वाजले सम्पूर्म मामिलामा निष्पक्ष जाँच गराउने अनि यसको निम्ति जिम्मेवार मानिसहरूविरूद्ध कारबाही गर्ने माग सरकारसित गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा