
इटानगर, 29 जून (हि.स.)। अरुणाचल प्रदेशको लोअर दिबाङ्ग भ्याली जिल्लाको डाम्बुक क्षेत्रमा आएको प्रलयकारी बाढ़ीका कारण बेपत्ता भएका नौ जना मानिसहरूमध्ये सात जनालाई भारतीय वायु सेनाले सफलतापूर्वक जीवित उद्धार गरेको छ।
घना वर्षाको कारणले आएको बाढ़ीमा यिनीहरू सबै बेपत्ता भएका थिए। वायु सेनाद्वारा सञ्चालित राहत एवं बचाउ अभियानमा सात जना मानिसहरूलाई सुरक्षित निकालियो भने अन्य दुई जनालाई खोज्नका लागि वायु सेनाले अभियानलाई निरन्तरता दिरहेको छ। प्रशासनले आज बतायो, बेपत्ता भएका अन्य मानिसहरूको बारेमा पत्तो लगाउनको लागि हरसम्भव प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा