डबल इन्जिनको सरकारले चिया श्रमिकहरूको कल्याणका लागि काम गरिरहेको दाबी
Chandan prasad


खरसाङ, 05 जुलाई (हि.स.)। चिया श्रमिकहरूको कल्याणका लागि लगभग 313.30 करोड़ रुपियाँ बराबरको योजनाको प्रक्रिया अगाडि बढिरहेको खबर अत्यन्तै सकारात्मक र स्वागतयोग्य छ भनी भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला मिडिया प्रभारी एवं तीनधारे महानदी मण्डलका संयोजक चन्दन प्रसादले बताएका छन्।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, 'विगतका सरकारहरूले चिया श्रमिकहरूको समस्या समाधानमा आवश्यक गम्भीरता देखाउन नसकेको अनुभूति धेरै वर्षसम्म रह्यो। तर, दार्जिलिङका सांसद राजु बिष्टले चुनाउ अघिदेखि नै चिया श्रमिकहरूको हक, अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्न निरन्तर आवाज उठाउँदै आएका थिए। उनको पहल तथा निरन्तर प्रयासकै परिणामस्वरूप आज चिया बगानका श्रमिकहरूको हितमा ठोस कदमहरू अघि बढिरहेका छन्।'

उनले यी प्रयासहरूले प्रधानमन्त्री नरेन्द्र मोदी चिया श्रमिकहरूको समृद्धि र कल्याणप्रति कति प्रतिबद्ध छन् भन्ने स्पष्ट देखाउँछ भनी बताए। यसको साथै मुख्यमन्त्री सुभेन्दु अधिकारीले पनि चिया बगानका श्रमिकहरूको शिक्षा, स्वास्थ्य, आवास र जीवनस्तर सुधारप्रति गम्भीर चासोका साथ काम गरिरहेको उनले बताए। चन्दन प्रसादले अघि भने, 'सबै परिवर्तन एकैदिनमा सम्भव हुँदैन, तर सही दिशा र दृढ इच्छाशक्तिका साथ शुरु गरिएको यो पहल चिया श्रमिकहरूको भविष्य उज्यालो बनाउने महत्वपूर्ण कदम हो।'

यस ऐतिहासिक पहलका लागि प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री सुभेन्दु अधिकारी तथा दार्जिलिङका सांसद राजु विष्टप्रति हार्दिक आभार गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande