
खरसाङ, 05 जुलाई (हि.स.)। भारतीय जनता पार्टीको आयोजमामा आइतवार खरसाङको वार्ड नम्बर 18 क्षेत्रमा सर सफाई कार्य सम्पन्न गरिएको छ। सफाई कार्यमा खरसाङ गिद्ध पहाड मण्डलकी भाजपा सभापति दीक्षा तामाङ, मण्डल 12 एवं वार्ड नम्बर 18 बुथ सभापति सत्यवतसिंह राजपुत, नारी अध्यक्षा दिपिका प्रधान प्रसाद लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए।
यस क्रममा वार्ड नम्बर 18 का विभिन्न स्थानहरुमा साफ सफाई गरिनुका साथै नालाहरु सर सफाई गरियो। नाला र सडकतिर फ्यॉंकिएका प्लास्टिकहरु र मैलाहरु उठाउने कार्य गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानलाई जोड दिॅंदै खरसाङ नगरपालिका क्षेत्रमा नै सफाई अभियानको कार्यक्रम गरिने बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक