असमको धेमाजीमा बाढ़ीको कहर, 70 भन्दा अधिक गाउँहरू जलमग्न
असमको धेमाजीमा बाढ़ीको कहर, 70 भन्दा अधिक गाउँहरू जलमग्न


धेमाजी (असम), 29 जून (हि.स.)। असमको धेमाजी जिल्लामा आएको भलबाढ़ीले विकराल रूप धारण गरेको छ। 70 वटाभन्दा अधिक गाउँहरू जलमग्न भएका छन् भने 16 हजारभन्दा अधिक मानिसहरूले बाढ़ीबाट प्रभावित भएर कठिन परिस्थितिको सामना गरिरहेका छन्। बाढ़ीकै कारणले कतिपय क्षेत्रहरूको जनजीवन तथा यातायात व्यवस्था पूर्ण रूपले प्रभावित भएको छ।

सोमवार दिइएको आधिकारिक जानकारी अनुसार बाढ़ीको गम्भीर स्थितिको जायजा लिनका लागि राज्य सरकारका मन्त्री सुशान्त बरगोहाई तथा केशव महन्त धेमाजी तर्फ प्रस्थान भएका छन्। दुवै मन्त्रीले राहत एवं बचाउ कार्यको समीक्षा गर्नेछन् तथा प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नेछन्।

यता जोनाई क्षेत्रमा चिले नदीले पनि विनाशकारी रूप धारण गरेको छ। नदीको बढ़्दो जलस्तरबाट दश वटाभन्दा अधिक गाउँहरू जलमग्न भएका छन्। बाढ़ीको तीव्र प्रवाहले मालभोग गाइड बाँध समेत भत्किएको छ।

बाढ़ीको पानीमा सयकड़ौं हेक्टेयर कृषि भूमि डुबेको छ जसबाट किसानहरूलाई ठूलो नोक्सान हुने आशङ्का छ। प्रशासनले प्रभावित क्षेत्रहरूमा राहत एवं बचाउ कार्यलाई तीव्रता दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande