
धेमाजी (असम), 29 जून (हि.स.)। अविरल वर्षाले डिकारी नदीको जलस्तर अचानक बढ़ेको कारणले असमको धेमाजी जिल्लान्तर्गत जोनाईमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ जसबाट यहाँको जनजीवन प्रभावित भएको छ। तल्लो क्षेत्रमा पानी भरिएको छ भने 15 जनाभन्दा अधिक मानिसहरू 100 वटा गाई-गोरूको साथमा नदीको बीच टापुमा फसेका छन्।
स्थानीय सूत्र मुताविक उर्लिदो नदीको पानी केही आवासीय क्षेत्रहरूमा पसेपछि सड़क अनि खेत जलमग्न भएको भने प्रभावित क्षेत्रका कतिपय गाउँहरूको सम्पर्क नै विच्छिन्न भएको छ।
तेलमको कोराइबारी चर (नदी बीचको खाली भूमि)-को अवस्था गम्भीर भएको छ जहाँ गए आइतवार बिहान बाढ़ीको पानी द्रूत गतिमा टापुको चारैतिर फैलिएपछि 15 जनाभन्दा अधिक मानिसहरू फसेजो अहिले पनि फसि नै रहेका छन्। किनभने पानीको तीव्र प्रवाह अनि लगातार बढ़्दो जलस्तरको कारणले सुरक्षित स्थानमा जान कठिन भएको छ।
स्थानीय सूत्रले बतायो, टापुमा लगभग सय वटा पशुहरू फसेका छन् जसलाई बचाउने कार्य ढिल्याई गरी भएकोमा मानिसहरूको सुरक्षा र पशुधनको नोक्सानलाई लिएर चिन्ता बढ़ेको छ। जानकारी अनुसार कोरािबारी चरमा बाढ़ीको स्थिति अझ भयानक बन्दै गएको छ, किनभने ज लस्तर अझ बढ़ेको छ।
जोनाईका अन्य कतिपय स्थानहरूमा पनि बाढ़ीको प्रभाव देखिएको छ जहाँको घर, सड़क तथा खेत सबै पानीमा डुबेका छन्। बाढ़ीको पानी अझ बढ़्ने डरले कतिपय परिवारहरूले सुरक्षित स्थानहरूमा शरण लिएका छन्। स्थानीय मानिसहरूले जोनाई प्रशासनलाई आपातकालीन स्थितिको बारेमा सूचित गरेका कारणले बचाउ कार्यको लागि राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ)-को एक टीमलाई तैनाथ गर्ने व्यवस्था शुरू गरिएको छ।
तथापि अन्तिम सूचना पाउँदासम्ममा फसेका मानिसहरूले बचाउको प्रतीक्षा गरिरहेका थिए भने अधिकारीहरूले स्थितिमाथि नजर राखिरहेका थिए। साथै बचाउकर्मीहरूले कारबाही गर्ने तयारी गरिरहेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा