
नयाँ दिल्ली, 29 जून (हि.स.)। उत्तर-पश्चिमी दिल्लीको केशवपुरम क्षेत्रमा गए आइतवार आधा रातपछि एक भवनको ग्राउण्ड फ्लोरमा रहेको बिजुलीको मीटर बोर्डमा आगो लागेर कोकोहोलो मचियो। सिँढ़ीभरि धुँवा भरियो जसले गर्दा माथिल्लो तलामा बस्ने मानिसहरू बाहिर निक्लिन सकेनन्, त्यसैले ज्यान बचाउनका लागि उनीहरू छतमा चढ़े। सूचना पाएर घटनास्थलमा पुगेको स्थानीय पुलिस अनि दमकल विभागको टीमले तीन जना मानिसहरूलाई छतबाट सुरक्षित बाहिर निकाल्यो। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको छैन।
दमकल विभाग अनुसार राती लगभग 2:03 बजे लरेन्स रोडस्थित बी-4/180, लाल शाही मन्दिरको छेउमा आगो लागेको सूचना प्राप्त भयो। घटनास्थलमा पाँच वटा वाहनहरूलाई पठाइयो। लगभग 2:30 बजे आगोलाई पूर्ण रूपले नियन्त्रित गरियो। जाँचमा थाहा लाग्यो, ग्राउण्ड फ्लोरमा रहेको 24 बिजलीको मीटर आगको चपेटमा परेको थियो। धुवाँको कारणले गौरव (28), क्यारा (25) औ इन्दु बत्रा (55) छतमा फसेका थिए जसलाई दमकलकर्मीहरूले सुरक्षित बाहिर निकाले। भवनको ग्राउण्ड फ्लोर बाहेक माथि चार वटा तला छ।
स्थानीय मानिसहरूको आरोप छ, क्षेत्रमा भवन निर्माणका नियमहरूको खुल्ला उल्लङ्घन भइरहेको छ। जुन भवनहरूलाई सीमित तला बनाउने अनुमति थियो, त्यसमा पनि अतिरिक्त तला थपिएको छ। यसबाट बिजुलीको लोड बढ़्नाले यस्ता दुर्घटनाहरूको खतरा कायम रहन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा