आगामी 29 वर्षसम्म बीटीसी प्रमुख रहनेछु: हग्रामा महिलारी
आगामी 29 वर्षसम्म बीटीसी प्रमुख रहनेछु: हग्रामा महिलारी


कोकराझाड़ (असम), 29 जून (हि.स.)। बीटीसी प्रमुख हग्रामा महिलारीले सोमवार दाबी गरे, उनी आगामी 20 वर्षसम्म यस पदमा कायम रहनेछन्। उनले यो कुरा मीडियासित बातचित गर्ने क्रममा व्यक्त गरेका छन्। हग्रामा महिलारीले आज एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।

श्रीरामपुर गेटमा कथित सिण्डिकेटका आरोपहरूमाथि प्रतिक्रिया व्यक्त गर्दै महिलारीले भने, उनलाई कुनै पनि सिण्डिकेटको बारेमा जानकारी छैन। उनले भने, यस विषयमा यूपीपीएल अध्यक्ष प्रमोद बोड़ोले मात्र बताउन सक्नेछन्। उनी कुनै पनि सिण्डिकेटसित परिचित छैनन्।

महिलारीले प्रमोद बोड़ोको कार्यकालमा वन विभाग तथा वीसीडीसी सचिवहरूको नियुक्तिलाई लिएर पनि महत्वपूर्ण टिप्पणी गरे। उनले भने, यदि ती नियुक्तिहरूलाई अवैध पाइयो भने सबै नियुक्तिहरूलाई रद्द गरी सम्बन्धित कर्मचारीहरूलाई बर्खास्त गरिनुपर्छ।

हग्रामा महिलारीको सो बयानबाट बीटीसीको राजनीतिमा नयाँ चर्चा शुरू हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande