
सिलगढ़ी, 29 जून (हि.स.)। तृणमूल नेत्री काकली घोष दस्तीदार दार्जीलिङमा आयोजना हुन लागेको संसदीय स्थायी समितिको बैठकमा भाग लिनका लागि सोमवार बागडोगरा हवाईअड्डामा आइपुगिन्। हवाईअड्डामा पत्रकारहरूसित बातचित गर्दै काकली घोष दस्तीदारले पश्चिम बङ्गाल विधानसभामा कथित रूपमा रङ्गदारी तथा गुण्डागिरीविरूद्ध ल्याइएको विधेयकलाई स्वागत गरिन्।
तृणमूल नेत्री काकली घोष दस्तीदारले भनिन्, पश्चिम बङ्गालमा जुन किसिमको थ्रेट कल्चर देख्न पाइरहेका छौं, त्यस्तै आर. जी. कर मामिला जस्तो घटनामा पनि देखिएको छ। त्यसलाई हेरेर यस्तो विधेयक ल्याउनु अत्यन्त महत्वपूर्ण छ। उनले आशा व्यक्त गरिन्, यो विधेयक कुनै किसिमको बाधा बिनै पारित हुनेछ। त्यसपछि उनी सड़क मार्ग भएर दार्जीलिङ तर्फ प्रस्थान भइन् जहाँ संसदीय स्थायी समितिको बैठक आयोजना गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा