
इम्फाल, 29 जून (हि.स.)। मणिपुर पुलिस औ सुरक्षा बलहरूले राज्यभरि सञ्चालित विशेष अभियान अन्तर्गत मादक पदार्थहरूको तस्करी, उग्रवादी गतिविधि तथा बलजफ्ती असुलीविरूद्ध व्यापक कारबाही गर्दै हेरोइन जफत, केही उग्रवादीहरूलाई पक्राउ, तथा यातायात नियमहरूको उल्लङ्घनमाथि पनि कड़ा कारबाही गरे।
मणिपुर पुलिस मुख्यालयद्वारा आज दिइएको आधिकारिक जानकारी अनुसार थौबल जिल्लाको खोङ्गजोम थाना क्षेत्रमा एउटा यात्री वाहक बसबाट 540 ग्राम संदिग्ध हेरोइन (ब्राउन शुगर) जफत गरियो। यस मामिलाका आरोपी बस चालक नुङ्गेई खोङ्गबान निवासी मोहम्मद वारिश (33) भागेको छ जसलाई पक्राउ गर्नको लागि पुलिसले अभियान चलाइरहेको छ।
यसरी नै सिङ्गजामेई थानामा दर्ता प्राथमिकीको सिलसिलामा केसीपी (ताइबङ्गङ्गबा)- का अध्यक्ष हाओबिजाम दिलीप सिंह उपनाम ताइबङ्गङ्गबा (52)-लाई तिहाड़ जेलबाट ल्याएर औपचारिक रूपमा पक्राउ गरियो। यसै क्रममा सुरक्षा बलहरूले खोङ्गजोम क्षेत्रबाट आरपीएफ/पीएलएका स्वयम्भू क्याप्टन थोकचोम बाङ्गो सिंह उपनाम इबोपिशाक उपनाम उतोम्बा (44)-लाई पक्राउ गरे। उसको कब्जाबाट एउटा 9 एमएम पिस्तोल, म्यागजिन, 97 जीवित कारतूस तथा बिना पञ्जीकरण संख्याको एउटा टोयोटा फर्च्यूनर वाहनलाई जफत गरियो।
गत 27 जूनमा सञ्चालित अभियानमा केसीपी (पीएससी)- का दुई जना सक्रिय धन आर्जन गर्ने क्याडरहरूलाई भिन्न-भिन्न स्थानहरूबाट पक्राउ गरियो। पक्रा पर्ने आरोपीहरूको पहिचान कोइजाम लामयानबा मैतेई उपनाम पुंशिबा उपनाम निङ्गोल (23) तथा लौरेम्बाम रोजित उपनाम लामङ्गानबा उपनाम पुखरी (19)- को रूपमा भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा