
धेमाजी (असम), 29 जून (हि.स.)। असमका जल संसाधन मन्त्री सुशान्त बरगोहाईं र आपदा प्रबन्धन मन्त्री केशव महन्तले सोमवार जोनाईको सिमेन चापरीस्थित क्षतिग्रस्त रेलवे पुलको निरीक्षण गरे। सिमेन नदीको जलस्तर बढ़ेको कारणले पुलको एक भागलाई पानीले बगाएको छ।
मुख्यमन्त्रीको निर्देश पश्चात दुवै मन्त्रीले धेमाजीमा पुगेर जिल्लामा बाढ़ीको स्थितिको जायजा लिए। उनीहरूले अधिकारीहरूको साथमा राहत एवं बचाउ कार्यको समीक्षा गर्नका साथै प्रभावित क्षेत्रहरूको निरीक्षण पनि गरे।
यस अवधि मन्त्रीहरूले केही राहत शिविरहरूको दौड़ाह गरी बाढ़ी प्रभावित मानिसहरूसित बातचित गर्दै उनीहरूलाई हरसम्भव सहायता गर्ने भरोसा दिलाए। दुवै मन्त्रीहरूले भने, बाढ़ी प्रभावित मानिसहरूलाई एक महिनाभित्रमा क्षतिपूर्ति उपलब्ध गराइनेछ। उनले आश्वासन दिए, राज्य सरकारले बाढ़ीको सङ्कटसित जुझ्न अनि प्रभावित परिवारहरूसम्म राहत पुऱ्याउनको लागि सबै आवश्यक कदम उठाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा