उत्तर बङ्गालमा घना वर्षाको कहर जारी, तीन जिल्लामा रेड अलर्ट
उत्तर बङ्गालमा घना वर्षाको कहर जारी, तीन जिल्लामा रेड अलर्ट


-दक्षिण बङ्गालका केही जिल्लाहरूमा अरेञ्ज अलर्ट

कोलकाता, 29 जून (हि. स.)। पश्चिम बङ्गालमा मनसुनको प्रभावले भिन्न-भिन्न क्षेत्रमा भिन्न-भिन्न तस्वीर पेश गरिरहेको छ। उत्तर बङ्गाल एकातिर अविरल वर्षासित जुझिरहेको छ भने दक्षिण बङ्गालमा हल्कादेखि मध्यम वर्षा भइरहेको अवस्थामा हुन्डरी तथा वज्रपातको चेताउनी जारी गरिएको छ। मौसम विभागले सोमवारको लागि उत्तर बङ्गालका तीन वटा जिल्लाहरूमा रेड अलर्ट तथा दक्षिण बङ्गालका आठ वटा जिल्लाहरूमा अरेञ्ज अलर्ट जारी गरेको छ।

मौसम विभाग अनुसार आगामी 24 घण्टासम्म कोलकाताको आकाशलाई सामान्य रूपमा बादलले ढाकिरहनेछ। शहरका केही भागहरूमा हल्का वर्षा अनि वज्रपात हुने सम्भावना छ। अधिकतम तापमान लगभग 35 डिग्री सेल्सियस औ न्यूनतम तापमान लगभग 28 डिग्री सेल्सियस रहने अनुमान छ।

दक्षिण बङगालका सबै जिल्लाहरूमा आगामी 24 घण्टाको अवधिमा कतै-कतै हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनसितै वर्षा हुनसक्छ। पुरुलिया, पश्चिम मेदिनीपुर, बाँकुड़ा, झाड़ग्राम, पूर्व एवं पश्चिम बर्धमान, बीरभूम औ मुर्शिदाबाद जिल्लाका केही स्थानहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने, वज्रपात तथा वर्षा हुने सम्भावनलाई केन्द्र गर्दै अरेञ्ज अलर्ट जारी गरिएको छ।

उत्तर बङ्गालमा वर्षाको सिलसिला लगातार जारी रहने सम्भावना छ। सबै जिल्लाहरूका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षासितै केही क्षेत्रहरूमा घना वर्षा हुनसक्छ। दार्जीलिङ, जलपाईगुड़ी औ अलिपुरद्वार जिल्लाका केही स्थानहरूमा 7-देखि 20 सेन्टीमीटरसम्म अति घना वर्षा हुने सम्भावना छ। यस अतिरिक्त यी तीन वटा जिल्लाहरूका केही स्थानहरूमा 20 सेन्टीमीटरभन्दा अधिक अति प्रबल वर्षा हुनसक्छ। स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै मौसम विभागले यी जिल्लाहरूको लागि रेड अलर्ट जारी गरेको छ।

मौसम विभागले मानिसहरू विशेष गरी उत्तर बङ्गालका संवेदनशील क्षेत्रहरूमा बस्ने नागरिकहरूलाई सतर्क रहने तथा आवश्यक परे प्रशासनद्वारा जारी सल्लाहलाई पालन गर्ने अपील गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande