
पूर्व बर्धमान, 29 जून (हि.स.)। पूर्वस्थली क्षेत्रको पञ्चायतमा भ्रष्टाचार भएको आरोप उठेपछि सोमवार तनाउ फैलियो। आरोप छ, असन्तुष्ट ग्रामीणहरूले मोबिल हुसैन मण्डलमाथि हमला गरी तिनीमाथि अण्डा, नालीको मैला पानी तथा गोबर फाले।
स्थानीय सूत्र अनुसार नसरतपुर पञ्चायतका उपप्रधान मोबिल हुसैन मण्डल सदा जस्तै सोमवार पनि पञ्चायत कार्यालयमा पुगेका थिए। यसै अवधि ग्रामीणहरू पनि पञ्चायत कार्यालयमा पुगेर विरोध गर्न शुरू गरे।
आरोप छ, आक्रोशित मानिसहरूले उपप्रधानलाई बलजफ्ती कार्यालयदेखि बाहिर निकालेर सड़कमा ल्याए अनि कुटपिट गरे। त्यसपछि प्रदर्शनकारीहरूले तिनीमाथि अण्डा फाले साथै नालीको मैला पानी र गोबर पनि फाले।
घटनापछि क्षेत्रको माहोल तनाउपूर्ण भयो। यो समाचार लेखुञ्जेलसम्म मोबिल हुसैन मण्डलको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा