
मेदिनीपुर, 29 जून (हि.स.)। पश्चिम बङ्गालको पश्चिम मिदनापुर जिल्लामा राष्ट्रिय स्वयंसेवक सङ्घले अब किशोरीहरूका लागि “किशोरी विकास केन्द्र” शुरू गर्ने तयारी गरिरहेको छ। सङ्घको सेवा विभागद्वारा जिल्लाका पछाड़िएका क्षेत्रहरूमा यो केन्द्र खोलिनेछ। यसको मुख्य उद्देश्य किशोरीहरूलाई सही दिशा दिनु, उनीहरूको शारीरिक तथा बौद्धिक विकास गर्नु अनि उनीहरूमा राष्ट्र भावना विकसित गर्नु हो।
सङ्घको मान्यता छ, आजका किशोरी नै भोलिको महिला अनि परिवारको आधारशिला बन्नेछ। त्यसैले यदि किशोरावस्थामा उनीहरूलाई सही प्रशिक्षण दिइयो भने भविष्यमा उनीहरू गलत मार्गमा हिँड़्नदेखि बच्नसक्छन्।
जानकारी अनुसार यी केन्द्रहरूलाई मुख्य रूपमा शहरका झोपड़ी-बस्ती तथा ग्रामीण आदिवासीहरू-वनवासी क्षेत्रहरूमा शुरू गरिनेछ जहाँ शिक्षाको स्तर अपेक्षाकृत कम छ। केही परिवारहरूको माता-पिता कामको सिलसिलामा दिनभरि नै बाहिर बस्छन् जसले गर्दा उनीहरूले आफ्ना छोरा-छोरीहरूमाथि पर्याप्त ध्यान दिन सक्दैनन्। यस्तो स्थितिमा किशोरीहरू गलत सङ्गत वा सामाजिक बिसङ्गति तर्फ बढ़्छन्।
यसैलाई रोक्नको लागि प्रशिक्षित महिलाहरूलाई यी केन्द्रहरूसित जोड़िनेछ जसमा शिक्षिका, डाक्टर, नर्स तथा अन्य सामाजिक कार्यकर्ताहरू सामेल हुनेछन्। यी किशोरीहरूलाई स्वास्थ्य, शिक्षा, संस्कार औ आत्मविकाससित सम्बन्धित कुराहरू सिकाइनेछ।
सङ्घका पश्चिम मेदिनीपुर जिल्ला सह-सेवा प्रमुखले बताए, जिल्लामा सङ्घका शाखाहरूमा मानिसहरूको सङ्ख्या लगातार बढ़िरहेको छ भने सेवा कार्यहरूको लागि कार्यकर्ताहरूलाई प्रशिक्षण पनि दिरहेको छ। उनले भने, शुरूआतमा जिल्लाको हरेक ब्लक तथा नगर क्षेत्रमा एउटा-एउटा केन्द्रमा खोलिनेछ जसलाई आगामी दिनमा अझ बढ़ाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा