
सिलगढ़ी, 29 जून (हि.स.)। शहरमा अवैध होर्डिङ्ग्सविरूद्ध सोमवारदेखि सिलगढ़ी नगरनिगमले कड़ा कारबाही शुरू गरेको छ। वास्तवमा पछिल्लो लामो समयदेखिको शहरका विभिन्न सड़कहरूमा अनुमति बिनै केही विज्ञापन एजेन्सीहरूद्वारा होर्डिङ्ग्स लगाइएको तथा सरकारको राजस्वलाई नोक्सान पुऱ्याएको सिकायत आइरहेको थियो। आरोप छ, यी होर्डिङ्ग्सको लागि नगरनिगमबाट अनुमति लिइएको थिएन।
सिकायतको आधारमा नगरनिगमले शहरका अलग-अलग भागहरूमा लगाइएका अवैध होर्डिङ्स्को सूची बनाएर हटाउने अभियान शुरू गरेको छ। सोमवार सेवक रोडस्थित एक शपिङ्ग मल अगाड़ि लगाइएको अवैध होर्डिङ्गलाई हटाइयो। यसै दिन शहरका अन्य क्षेत्रहरूमा पनि अभियान सञ्चालन गरी केही अवैध होर्डिङ्ग्सलाई हटाइयो।
अभियान अवधि नगरनिगम आयुक्त बीर विक्रम राय स्वयं उपस्थित थिए। उनकै निगरानीमा नगरनिगमका कर्मचारीहरूले होर्डिङ्ग हटाउने कारबाही गरे।
नगरनिगम अनुसार शहरमा रहेका सबै अवैध होर्डिङ्ग्सलाई चिन्हित गरिँदैछ जसलाई चरणबद्ध ढङ्गमा हटाइनेछ। निगमले स्पष्ट पारेको छ, अनुमति बिना कसैलाई पनि होर्डिङ्ग लगाउने अनुमति दिइनेछैन। नियमहरूको उल्लङ्घन गर्नेहरूविरूद्ध कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा