
कोलकाता, 29 जून (हि.स.)। नाओदाका विधायक हुमायुँ कबीरको कथित विवादित बयानलाई लिएर सोमवार पश्चिम बङ्गाल विधानसभामा रड़ाँको मचियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीविरूद्ध आपत्तिजनक तथा उक्साउने किसिमको शब्द प्रयोग गरेको आरोपपछि भारतीय जनता पार्टी (भाजपा)-का विधायकहरूले सदनको कारबाही शुरू हुनसाथ तीव्र विरोध दर्ता गराए। त्यसपछि सदनको माहोल शासक र विपक्षबीच भएको चर्को बहसले तातियो।
भाजपा विधायकहरूले आरोप लगाए, एकजना जनप्रतिनिधिले यस किसिमको भाषा प्रयोग गर्नु भनेको लोकतान्त्रिक मर्यादाविरूद्ध छ र यसबाट सदनको गरिमा प्रभावित हुन्छ। यसै मुद्दामा भाजपा विधायकहरूले पोस्टर देखाउँदै ‘हुमायुँ हाय हाय’- को नारा लगाए अनि तत्काल कारबाही गर्ने माग गरे। यस्तो स्थितिको कारणले विधानसभा कक्षमा लामो समयसम्म अव्यवस्था कायम रह्यो।
नागराकाटाकी भाजपा विधायक पुना भेङ्गराले प्रश्नकाल शुरू हुनअघि नै अध्यक्षको ध्यान यस मामिला तर्फ आकर्षित गराउँदै कारबाही गर्ने माग गरिन्। त्यसपछि नारायणगढ़का विधायक रामप्रसाद गिरी समेत केही भाजपा विधायकहरूले विरोध प्रदर्शनलाई तीव्रता दिए जसबाट सदनमा हो-हल्ला मचियो।
यो विवाद त्यसबेला अझ गहिरियो जतिबेला हालैमा मुर्शिदाबादमा आयोजित एक राजनीतिक सभामा हुमायुँ कबीरको बयान सामु आयो। आरोप छ, उनले भाजपा नेतृत्वमाथि चर्को हमला गर्दै यस्तो शब्द प्रयोग गरे जसलाई विपक्षले भड़्काउ तथा हिंसालाई प्रेरित गर्ने किसिमको बतायो। उनको बयानमा मुस्लिम समाजलाई लिएर सड़कमा उत्रिने तता जेल जाने उल्लेख गरिएको कारणले राजनीतिक विवाद झन् तीव्र भयो।
स्थितिलाई नियन्त्रण गर्नको लागि संसदीय कार्य मन्त्री उमेश रायले हस्तक्षेप गर्दै सदनलाई सूचित गरे, मुख्यमन्त्री यी सम्पूर्ण मामिलादेखि अवगत छन्। यसमाथि मुख्यमन्त्रीले पछि विधानसभामा बयान दिनेछन्। यस्तो आश्वासनपछि सदनको माहोल केही हदसम्म शान्त भए पनि विपक्षको आक्रोश पूर्ण रूपले समाप्त भएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा