कोलकातामा स्कूल पुलकार पल्टियो, तीन जना छात्र तथा चालक घाइते
कोलकातामा स्कूल पुलकार पल्टियो, तीन जना छात्र तथा चालक घाइते


कोलकाता, 29 जून (हि.स.)। कोलकातामा साेमवार बिहान स्कूल पुलकार सड़क दुर्घटनाको शिकार भयो। यस घटनामा चालक सहित चार जना मानिसहरू घाइते भए जसमा तीन जना स्कूलका छात्र सामेल छन्।

जानकारी अनुसार रेड रोड तर्फबाट आइरहेको एउटा कारले पार्क स्ट्रीटमा प्रवेश गर्ने क्रममा स्कूल पुलकारलाई ठक्कर दियो। यस शक्तिशाली ठक्करपछि पुलकार सड़कको बीचमै पल्टियो जसले गर्दा पुलकार चालक र पुलकारमा सवार तीन जना छात्र घाइते भए।

घाइते छात्रहरूमध्ये एकजनालाई उपचारको निम्ति एसएसकेएम अस्पतालमा ल्याइएको थियो जसलाई प्राथमिक उपचारपछि छुट्टी दिइएको छ। अन्य दुई जना छात्रहरूलाई पुलिसले अर्को वाहन मार्फत स्कूल पठाउने व्यवस्था गरिदियो।

दुर्घटनामा पुलकार पनि क्षतिग्रस्त भएको छ। पुलिसले पुलकार र चालकलाई थानामा लगेर वाहनलाई जफत गरेको छ। ठक्कर दिने कार चालकलाई पनि हिरासतमा लिइएको छ।

पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande