
गुवाहाटी, 30 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मङ्गलवार भने, समृद्ध किसान नै समृद्ध असमको बलियो जग हो। किसानहरूलाई सरकारी सेवाहरू एउटै छानोमुनि सरल औ सहज ढङ्गमा उपलब्ध गराउने उद्देश्यले राज्य सरकारले प्राथमिक कृषि ऋण सहकारी समिति (पीएसीएस)-लाई चरणबद्ध ढङ्गमा समन्वित ग्रामीण सेवा केन्द्र (इन्टीग्रेटेड रूरल सर्भिस सेन्टर)- मा परिणत गरिँदैछ।
मुख्यमन्त्रीले सोशल मीडिया मञ्च 'एक्स'-मा जारी आफ्नो सन्देशमा भने, ग्रामीण क्षेत्रमा सेवा वितरण प्रणालीलाई अधिक आधुनिक, पारदर्शी औ प्रभावकारी बनाउने दिशामा राज्य सरकारले लगातार कार्य गरिरहेको छ। यस नयाँ पहलको माध्यमबाट पीएसीएस केवल सहकारी संस्थासम्म सीमित रहनेछैन जबकि ग्रामीण नागरिकहरूको लागि बहुउद्देश्यीय सेवा केन्द्रको रूपमा पनि कार्य गर्नेछ।
उनले बताए, यी समन्वित ग्रामीण सेवा केन्द्रहरूको माध्यमबाट किसान तथा ग्रामीणहरूलाई तकनिकी सहायता, ब्याङ्किङ्ग एवं वित्तीय सेवा, सरकारी योजनाहरूको जानकारी एवं विभिन्न जनकल्याणकारी सेवाहरू एउटै परिसरमा उपलब्ध गराइनेछ। यसबाट ग्रामीणहरूलाई विभिन्न कार्यालयहरूमा धाइरहने आवश्यकता पर्नेछैन।सरकारी सेवाहरूको पहुँच अधिक तीव्र, सरल अनि पारदर्शी बन्नेछ।
मुख्यमन्त्रीले भने, राज्य सरकारको उद्देश्य ग्रामीण अर्थव्यवस्थालाई मजबुत बनाउनु अनि किसानहरूलाई आत्मनिर्भर बनाउनु हो। आधुनिक तकनिकको उपयोग तथा डिजीटल सेवाहरूको विस्तारबाट कृषि क्षेत्रले नयाँ गति पाउनेछ भने किसानहरूलाी समयमै आवश्यक सुविधा प्राप्त हुनेछ। यसबाट कृषि उत्पादन बढ़्नको साथै ग्रामीण क्षेत्रहरूमा रोजगार अनि आर्थिक गतिविधिहरूले पनि प्रोत्साहन पाउनेछन्।
डा. सरमाले विश्वास व्यक्त गरे, पीएसीएसलाई समन्वित ग्रामीण सेवा केन्द्रहरूको रूपमा विकसित गर्ने यो पहल गाउँ-गाउँमासरकारी सेवाहरूको प्रभावकारी पहुँचलाई सुनिश्चित गर्नेछ। साथै किसानहरूलाई अधिक सक्षम, आत्मनिर्भर औ आर्थिक रूपमा सशक्त बनाउनमा यसले महत्वपूर्ण भूमिका निभाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा