अमरनाथ यात्रालाई लिएर श्रद्धालुहरूमा व्यापक उत्साह
अमरनाथ यात्रालाई लिएर श्रद्धालुहरूमा व्यापक उत्साह


जम्मू,, 30 जून (हि.स.)। श्री अमरनाथ यात्राका लागि देशभरिबाट यहाँ आएका श्रद्धालुहरूमा 'बाबा बर्फानी'- को दर्शनलाई लिएर व्यापक उत्साह देखिँदैछ। जम्मू सहित विभिन्न यात्रा केन्द्रहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ। श्रद्धालुहरूको भनाइ छ, उनीहरूले पछिल्लो लामो समयदेखिकै यस पवित्र यात्राको प्रतीक्षा गरिरहेका थिए भने उनीहरू बाबा अमरनाथको दर्शन गर्नका लागि धेरै उत्साहित छन्। प्रशासनद्वारा यात्रीहरूको सुरक्षा, पञ्जीकरण, स्वास्थ्य सुविधा औ अन्य व्यवस्थाहरूको व्यापक प्रबन्ध गरिएको ताकि यात्रा सुचारू अनि सुरक्षित ढङ्गमा सम्पन्न हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande