मुख्यमन्त्री खाण्डुले राज्यपालसित गरे भेट
मुख्यमन्त्री खाण्डुले राज्यपालसित गरे भेट


इटानगर, 30 जून (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले आज इटानगरस्थित लोकभवनमा अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) केटी परनाइकसित भेट गरे।

मुख्यमन्त्रीले राज्यपाललाई राज्यका विभिन्न भागहरूमा आएको बाढ़ीको कारणले सृजित स्थिति बारे अवगत गराउँदै प्रभावित समुदायहरूलाई राहत पुऱ्याउन अनि उनीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि सरकारद्वारा उठाइएका कदमहरूको जानकारी दिए। उनले राज्यको सामाजिक-आर्थिक प्रगतिलाई गति दिने उद्देश्यले विभिन्न विकास कार्यक्रम तथा प्रमुख पहलहरूमाथि पनि चर्चा गरे।

बाढ़ीबाट मानिसहरूको जीवन, आजीविका औ बुनियादी ढाँचामाथि पर्ने प्रभावमाथि चिन्ता व्यक्त गर्दै राज्यपालले प्राकृतिक आपदाबाट उत्पन्न चुनौतीहरूको प्रभावकारी ढङ्गमा सामना गर्नको लागि 'सम्पूर्ण राज्य'- को दृष्टिकोणको आवश्यकतामाथि बल दिए। उनले आपदासित भिड़्ने क्षमता अनि तयारीलाई मजबुत बनाउनको लागि सरकारी विभाग, जिल्ला प्रशासन, सामुदायिक सङ्गठन एवं नागरिकहरूबीच समन्वित प्रयाहरू गरिनुपर्ने महत्वमाथि रेखाङ्कित गरे।

राज्यपालले राहत, बचाउ औ पुनर्वास कार्यहरूमा अथक प्रयास गर्नको लागि राज्य आपदा प्रतिक्रिया बल' जिल्ला प्रशासन, लोक निर्माण, नागरिक उड्डयन तथा आपदा प्रबन्धन विभाग, इण्डियन रेड क्रस सोसाइटी, स्वयंसेवक अनि स्थानीय निवासीहरूका समर्पित सेवाहरूको सराहना गरे।

मुख्यमन्त्रीले राज्यपाललाई राज्यका विभिन्न विभागहरूले गरिरहेका गतिविधिहरूको बारेमा जानकारी गराउँदै अरुणाचल प्रदेशमा शासनलाई उत्कृष्ट बनाउन, विकासलाई गति दिन तथा जनकल्याणलाई प्रोत्साहित गर्ने प्रयासमाथि प्रकाश पारे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande