
गुवाहाटी, 30 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शहीद दिवसको अवसरमा मातृभूमिको लागि सर्वोच्च बलिदान दिने ववीर सैनिक क्याप्टन जिन्टू गोगोईलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, देशको रक्षा तथा मातृभूमिको गौरवो रक्षा गर्नका लागि क्याप्टन जिन्टू गोगोईले दिएका सर्वोच्च बलिदान अदम्य साहस, कर्तव्यनिष्ठा तथा देशभक्तिको अद्वितीय उदाहरण हो।
उनले भने, असम अनि भारत माताका यस पराक्रमी वीर सपूतको त्याग सदैव असमवासी लगायत सम्पूर्ण देसको लागि प्रेरणाको श्रोत बनिरहनेछ। मुख्यमन्त्रीले शहीद दिवसमा क्याप्टन जिन्टू गोगोईलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे।
उल्लेख्य, जिन्टू गोगोई (21 नोभेम्बर, 1970-मा जन्म, 30 जून, 1999-मा निधन) भारतीय सेनाको 17औं गढ़वाल राइफल्सका एकजना अधिकारी थिए। उनलाई 1999 सालको कारगिल युद्धमा देखाएको साहस अनि बहादुरीको लागि मरणोपरान्त 'वीर चक्र'-द्वारा सम्मानित गरियो जुन युद्धकालमा दिइने भारतको तेस्रो सबैभन्दा ठूलो सैन्य सम्मान हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा