मणिपुरमा तीन भिन्न अभियानहरूमा ब्राउन शुगर जफत, हतियारहरूको भण्डार भेटियो
मणिपुरमा तीन भिन्न अभियानहरूमा ब्राउन शुगर जफत, हतियारहरूको भण्डार भेटियो


इम्फाल, 30 जून (हि.स.)। मणिपुरमा गए 29 जूनका दिन सुरक्षा बल अनि पुलिसले तीन भिन्न अभियानहरूमा ठूलो सफलता हासिल गर्दै मादक पदार्थ, प्रचुर मात्रामा हतियार तथा गोलाबारूद जफत गऱ्यो भने यस मामिलामा दुई जना आरोपीहरूलाई पक्राउ गऱ्यो।

मणिपुर पुलिसले आज सोशल मीडियाको माध्यमबाट आफ्नो आधिकारिक बयानमा बताएको छ, सेनापति जिल्लाको टी-खुलेन नाका चेक पोस्टमा सुरक्षा बलहरूले एउटा टाटा योद्धा वाहनलाई रोकेर जाँच गऱ्यो जसमा वाहन चालक हेलखो किपगेन (45) र यात्री ह्याटनेलहिङ्ग किपगेन (40), दुवै नै काङ्गपोकपी जिल्ला निवासी, -लाई पक्राउ गरे। उनीहरूको कब्जाबाट लगभग 530 ग्राम संदिग्ध ब्राउन शुगरले भरिएका 42 वटा साबुनदानी, वाहन तथा 5 हजार रुपियाँ नगद जफत गरियो।

जिरीबाम जिल्लाको जिरीबाम थाना अन्तर्गत एक जङ्गलबाट मणिपुर पुलिसले 6 वटा एसएलआर राइफल, एउटा एके राइफल, पाँच वटा म्यागजिन तथा विभिन्न क्यालिबरका 625 वटा जीवित कारतूस जफत गऱ्यो।

यसरी नै अर्को अभियानमा सुरक्षा बलहरूले बिष्णुपुर जिल्लाको मोइराङ्ग थाना क्षेत्रको फुबाला प्याटनको छेउमा लोकटक झीलको फुमदी (बगुवा जैविक द्वीप)-मा लुकाएर राखिएको हतियार अनि युद्ध सामग्रीहरूको ठूलो भण्डार जफत गरे जसमा एउटा आरपीजी लन्चर, दुई वटा पिस्तोल, दुई वटा ह्याण्ड ग्रेनेड, दुई वटा आरपीजी ग्रेनेड, दुई वटा लाथोड बम, एउटा इम्प्रोभाइज्ड मोर्टर शेल, एउटा आर्टिलरी शेल, विभिन्न क्यालिबरका 15 वटा कारतूस, एउटा डेटोनेटर, म्यागजिन, तीन वटा ट्यूब लन्चर, तीन वटा बुलेटप्रूफ हेलमेट तथा अन्य सुरक्षात्मक सामग्री सामेल छन्।

पुलिसले बतायो, तीनै वटा मामिलामा अग्रिम जाँच भइरहेको छ। जफत गरिएका हतियार अनि मादक पदार्थको श्रोत अनि त्योसित सम्बन्धित मानिसहरूको पहिचान गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande